×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पत्रकार आचारसंहिता कडाइका साथ लागू गरिने

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, माघ १४ गते। सरकारले पत्रकार आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउने भएको छ ।

    बाल संवेदनशील पत्रकार निर्देशिकाको मस्यौदाका लागि सुझाव सङ्कलन गर्न राजधानीमा आज आयोजित राष्ट्रिय अन्तरक्रियामा उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराइने वचनबद्धता प्रकट गर्नुभयो ।

    उपप्रधानमन्त्री मैनालीले नयाँ संविधानसँगै पत्रकारिता क्षेत्रलाई पनि सोही ढङ्गले अगाडि बढाउन आवश्यक आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउन मन्त्रालयका तर्फबाट पर्याप्त गृहकार्य र सहयोग हुने बताउनुभयो । उहाँले आचारसंहिताले पत्रकारितालाई विश्वसनीय, परिपक्व र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    सञ्चार मन्त्री राईले आफूले अहिलेसम्म बुझेअनुसार नेपालमा पत्रकार आचारसंहिताको कार्यान्वयन नाजुक अवस्थामा रहेको बताउनुभयो । आचारसंहिताको नियमन र कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रेस काउन्सिलको क्षमता वृद्धि गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “बिहीबारको मन्त्रिपरिषद्को बैठकले काउन्सिललाई रु एक करोड ४० लाख विशेष बजेटको व्यवस्था गरेको छ । अब आचारसंहिता कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुन्छ । कार्यान्वयनका लागि के गर्नु पर्ने हो, त्यो गरिन्छ ।”

    उहाँले नयाँ संविधानअनुसार पत्रकारितासम्बन्धी सबै नियम, कानुन र आचारसंहितालाई पुनरवलोकन गर्न मन्त्रालयले तयारी सुरु गरिसकेको पनि जानकारी दिनुभयो । पत्रकारितालाई मर्यादित, प्रभावकारी र जवाफदेही बनाउने चाहना सरकारको रहेको मन्त्री राईको भनाइ छ ।

    कार्यक्रममा आचारसंहिता बनाउन गठित समितिका सदस्य तथा पत्रकार कुन्दन अर्यालले एक वर्षसम्म गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट अहिलेको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।

    एघारबुँदे निर्देशिकामाथि पत्रकार बबिता बस्नेत, सुमन खरेल, प्रकाश रिमाललगायतले टिप्पणी गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, पत्रकार हस्त गुरुङ, ध्रुवहरि अधिकारीलगायतले निर्देशिकाका आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.