×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘भारतले इशारा नगरी मधेस आन्दोलन टुंगिदैन’

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फोटो :रफत सञ्चार क्लब भक्तपुरमा बोल्दै नारायणमान बिजुक्छें । तस्बिर : अन्नपूर्ण
    भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले इशारा नगरेसम्म मधेस आन्दोलन नरोकिने दाबी गरेका छन् ।
    रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले संविधान संशोधनपछि तराईको आन्दोलन केही शान्त भएपनि मागहरु थप्दै जारी राख्ने अवस्था रहेको बताए ।
    ‘तराई आन्दोलन संविधान संशोधन गरेपछि केही शान्त भए पनि अब मागहरु एकएक गर्दै थपिँदै जान्छन्’, उनले भने, ‘भारतले इशारा नगरेसम्म मधेस शान्त हुँदैन ।’
    उनले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरि सुगौली सन्धीको पुनराबृत्ति भएको जिकिर गरे ।
    नेपालका कर्मचारीसहित विभिन्न पदमा रहेका २२ हजार सरकारी अधिकारीले भारतको तलब खाएर नेपालविरुद्ध षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।
    ‘ठूलो संख्याका सरकारी कर्मचारी भारतको तलब खाएर नेपालको भन्दा भारतको भक्तिमा लागेका छन्’, उनले भने, ‘नेपालका सम्पूर्ण सूचना भारतलाई उपलब्ध गराउने गरेकाले देशमा अस्थिरता जारी छ ।’
    हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्ट्राचार मौलाएको उनको भनाइ थियो ।
    चुनावताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुको साटो बढेको उनको दाबी थियो ।’
    उनले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार विदेश पठाएर गुण लगाएबापत पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार विदेश पठाउने काममा मद्दत गरेको समेत आरोप लगाए ।
    उनले नेपाली कांग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बताए । कांग्रेसको महाधिवेशन पश्चात कांग्रेसकै नेतृत्वमा मधेसवादी दल, एमाओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना बढेको उनको दावी थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.