×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पार्टीका विद्यार्थी नेतासित भागिन् विप्लवकी छोरी

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जनवादी विहे गर्न चाहन्थेँ, तर परिवारले दिएनः दुलाहा

    १४ माघ, काठमाडौं । विप्लव माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दकी एक्ली छोरी सञ्जु चन्दले कलिलै उमेरमा बिहे गरेकी छिन् । तस्वीर हेर्दा मागि विहेजस्तो देखिन्छ, तर उनले ‘परिवारको सहमति बेगर’ भागेर विहे गरेकी हुन् ।

    Binod-And-Sanju-jodiअमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्दै गरेका सुनसरी निवासी विनोद लुईंटेलसित विप्लवपुत्री सञ्जुको लामो समयदेखि प्रेम थियो । विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष हुन् विनोद ।

    उनको विप्लवसित व्यक्तिगत सम्वन्ध राम्रो थियो । तर, विवाहका लागि अनुमति नपाएपछि आफूहरु भागेको विनोदले अनलाइनखबरसित बताए । करिब १५ दिन अगाडी सञ्जुलाई मोटरसाइलमा राखेर विनोदले धरान पुर्‍याएका थिए ।

    विप्लवकी छोरीलाई बुहारी बनाएर भित्र्याउन केटापट्टीका परिवारको भने पूर्ण समर्थन थियो । यद्यपि, विवाहमा आफ्नो बुवा र आमा भने उपस्थित नरहेको विनोदको भनाइ छ । ‘मैले पनि बोलाइनँ, उहाँहरु पनि आउनुभएन’ उनले भने ।

    धरानस्थित विनोदका परिवारको पुख्र्यौली घरमा गत २ माघका दिन विवाह सम्पन्न भएको थियो । विवाहमा सिन्दुर-पोते र कन्यादानका प्रक्रियाहरु भए पनि आगो बालेर जग्गे भने नबनाइएको विनोद बताउँछन् । आगन्तुकहरुको संख्या थोरै रहेको र खासै भोजभतेर पनि नगरिएको उनले दाबी गरे ।

    आफूले पार्टीको सिद्दान्त अनुसार जनवादी बिहे गर्न चाहे पनि पारिवारिक वाध्यताले परम्परागत बिहे गर्नुपरेको विनोदले बताए । विनोदका बुवा र आमा दुवै काठमाडौंमा व्यापार गरेर बस्छन् । हजुरआमा कृष्ण प्रणामी हुन् । ‘मेरी हजुरआमा धार्मिक प्रवृत्तिको हुनुहुन्छ,’ उनले भने, ‘उहाँको मन दुखाउन सकिनँ । उहाँकै जोडबलमा परम्परागत विहे गरेको हुँ ।’

    विप्लव माओवादीका एक विद्यार्थी नेताले ‘लाल जोडी’ भन्दै विवाहको तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । तस्वीरमा बेहुलीले झपक्क गहना लगाएको देखिन्छ ।

    क्रान्तिकारी नेताका छोरीको यस्तो विवाहका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । विनोदले भने विप्लवलाई यसमा नमुछ्न आग्रह गरे । ‘मेरो पारिवारिक वाध्यताले गरगहना लगाउनु परेको हो, यसमा उहाँलाई नमुछ्दा ठिक होला’ उनले भने ।

    विप्लवका दुई छोरा र एक छोरी छन् । जेठा छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत छन् भने कान्छा छोरा नरेन्द्र चन्द काठमाडौंको एक नीजि क्याम्पसमा पढ्छन् ।

    २० वर्ष पनि नपुगेकी सञ्जुले प्लस टु मात्रै सिध्याएकी छिन् । दाजु प्रकाशमार्फत सञ्जुको विनोदसित चिनजान भएको थियो । प्रकाशले अस्कलमा पढ्दा विनोद उनका साथी थिए ।

    अखिल क्रान्तिकारीका नेताा नवराज र रियाको  जनवादी विवाह

    प्रकाशलाई भेट्न उनको घरमा आउजाउ गर्दा विनोदको सञ्जुसित सम्वन्ध झांगियो र दुवै जना प्रेममा परे । सञ्जु फोनमा घन्टौं झुण्डिएर बस्न थालेपछि परिवारलाई थाहा भयो । तर, विवाहका लागि विप्लवले स्वीकारोक्ति दिएनन् ।

    बिहे लगत्तै विनोदले ससुरालाई फोन गरेर सम्झाइ-बुझाइ गरेका छन् । उनले भने-‘बुवाले अलिकति चित्त दुखाउनुभयो । जानुअघि सोधेको भए हुन्थ्यो भन्नुभयो । तर, मैले आफ्नो वाध्यता सम्झाएपछि उहाँ पनि कन्भिन्स हुनुभएको छ । सायद मैले पहिले नै उहाँलाई राम्रोसित सम्झाउनुपर्ने रहेछ ।’

    विवाहपछि पनि राजनीतिमा पहिलेजस्तै क्रियाशील हुने विनोदको योजना छ । उनी भन्छन्, ‘म अहिले पनि पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता नै हुँ । फुलटाइम राजनीतिमै संलग्न हुनेछु ।’

    माओवादी शान्तिप्रक्रियामा आएपछि २०६४ सालदेखि विनोद माओवादीमा लागेका हुन् । उनका दुई भाइ छन् । आफ्नो परिवारमा अरु कोहि पनि राजनीतिमा नलागेको उनले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.