×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

वीरगञ्ज नाका आंशिक खुल्न सक्छ, यस्ता छन् तीन आधार

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दिल्ली भ्रमणको पूर्वशर्त बन्यो वीरगञ्ज नाका

    Birgung Protest With weapons (1)

    १२ माघ, काठमाडौं । मंगलबार सरकारी निवास बालुवाटारमा सम्पादकसहितका वरिष्ठ पत्रकारहरुमाझ प्रस्तुत भएका प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दी खुल्छ भन्नेमा पूर्ण विश्वस्त देखिए ।

    आधार के भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘आफ्नो विश्वास’ भनेका छन् । नाका खुल्ने आफ्नो विश्वासलाई थप बल प्रदान गर्न उनले अरु पनि तर्क अघि सारे ।

    उसो त अब एक दुई दिनमा नाका खुल्छ भनेर प्रधानमन्त्री ओलीले पहिलो पटक भनेका होइनन् । यसअघिका सबै दाबी पूरा नभएकाले योपटक पनि धेरैले विश्वास गर्न सकेको छैनन् ।

    तर, योपटक भने प्रधानमन्त्री ओलीको दाबी र विश्वास धेरैहदसम्म नजिक रहेको देखिएको स्रोतहरुको दाबी छ । यद्यपि यो नाकाबन्दी न घोषित रुपमा हट्छ, न पूर्ण रुपमा खेल्ने सम्भावना छ । प्रधानमन्त्रीले पनि भनेका छन्, नाकाबन्दीको घोषणा भएकै छैन, त्यसैले घोषणा भएर हट्दैन ।

    स्रोतहरुका अनुसार अबको ८-१० दिनमा रक्सौल- वीरगञ्ज नाका आंशिक रुपमा खुल्ने देखिएको छ । तर, यो दीर्घकालीन हुन्छ/हुँदैन, प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता र सम्वादमा भर पर्नेछ ।

    तर, कम्तिमा केही दिनका लागि वीरगञ्ज नाका आशिंक रुपमा खुल्नेछ र, यसका केही आधारहरु छन् ।

    पहिलो आधारः संविधान संशोधन

    चार महिनाभन्दा लामो समयदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरेको भारतले संविधान संशोधनका लागि लगातार दबाव दिइरहृयो । भारतकै दबावको परिणाम स्वरुप संविधान संशोधन भएको छ । यद्यपि यसमा आन्दोलनकारी मधेसी मोर्चालाई संलग्न गराइएको छैन ।

    संविधान संशोधनसँगै मधेस आन्दोलनलाई देखाएर भारतले उठाएको चासो आंशिक रुपमा सम्बोधन भएको छ । संविधान संशोधनको बाटो खुल्नु मधेस आन्दोलनको उपलब्धि पनि हो ।

    यद्यपि यो मधेसले माग सम्बोधन भएको छैन, बरु झन् बिगारिएको छ भन्ने उपेन्द्र यादवहरुको गुनासो भारतसमक्ष पुगिसकेको छ । जसका कारण भारतले संविधान संशोधनलाई स्वागत गरेन, सकारात्मक विकासक्रम भनेको छ । स्रोत भन्छ-‘संविधान संशोधन भएपछिका दिनहरुलाई हेर्दा वीरगञ्ज नाका खुल्ने देखिएको छ । तर, यो आशिंक मात्र हुन सक्छ ।’

    यसको अर्थ वीरगञ्ज नाका भएर धेर-थोर मालबालक गाडीहरु अबको केही दिनमा नेपाल प्रवेश गर्नेछन् । यद्यपि मधेसी मोर्चाले वीरगञ्जमा हुन सक्ने प्रदर्शनले कुनै पनि बेला रोकिन सक्छ ।

    यसले भारतलाई ‘भूपरिवेष्ठित देश’ नेपालमाथि नाकाबन्दी गरेको आरोपबाट उन्मुक्ति पाउन सक्छ । र, मधेस आन्दोलन समाधान भइनसकेकाले कुनै पनि बेला यो फेरि सुरु गर्ने बाटो पनि खुला रहेछ । प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा प्रष्टसँग भने- ‘नेपाल भूपरिवेष्ठित देश हो, तर भारतवेष्ठित होइन ।’

    दोस्रो आधार: मधेसी मोर्चा

    संविधान संशोधनपछि मधेसी मोर्चा केही अन्योलमा परेको छ । अब के गर्ने भन्ने उसले निर्णय लिन सकेको छैन । र, मधेसी मोर्चामथि नाकाको धर्ना हटाउन भारतसहितको दबाव पनि छ ।

    मधेसी मोर्चामाथि जनस्तरबाट पनि दबाव छ । अहिले तराई मधेसमा किसानहरुको उखु काट्ने समय हो र उनीहरु यसका लागि आन्दोलन रोक्न नेतृत्वलाई भनिरहेका छन् । यसका लागि मधेसी मोर्चा सीमाकंन तीन महिनाभित्र सहमति गर्ने मुडमा देखिएको थियो ।

    तर, सरकारले यो चाल पाएर पेलेर गयो । अब मधेसी मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलनको नाममा सीमा नाकामा भइरहेका धर्ना कुनै घोषणा नगरी कमजोर पार्ने सम्भावना देखिएको छ ।

    तेस्रो आधार: ओलीको भारत भ्रमण

    वीरगञ्जको नाका खोल्नै पनि बाध्यता भारतका लागि पनि त्यत्तिकै छ । किनभने भारतले फेबु्रअरी महिनामा प्रधानमन्त्री केपी ओलीलाई दिल्लीमा स्वागत गर्ने पूर्वघोषित कार्यक्रम छ ।

    प्रधानमन्त्री केपी ओलीले वीरगञ्जको नाका खुल्ने प्रश्नलाई भारत भ्रमणको पूर्वशर्त मानेका छन् । मंगलबार पनि प्रधानमन्त्रीले प्रष्टसित भने-‘अवस्था सामान्य नभइकन भ्रमण गर्नु वाञ्छनीय हुँदैन ।’

    प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कसैसँग सिँगौरी खेल्न नचाहेको र सबैको मित्र सरकार भएको समेत बताएका छन् । उनको यस्तो अभिव्यक्तिले भारतसँग सम्वन्ध सुधि्रयोस् भन्ने चाहनालाई व्यक्त गर्दछ र यसका लागि वीरगञ्ज नाका आंशिक रुपमा भए पनि खुल्नैपर्छ ।

    तर, मधेसी पक्षबाट आफूलाई खोक्रो राष्ट्रवादी भनिएकोमा प्रधानमन्त्री ओली रुष्ट छन् । प्रधानमन्त्री ओलीको प्रश्न छ-‘भरिलो राष्ट्रवाद चाँहि कस्तो हुन्छ ?’

    यसलाई विडम्बना नै मान्नुपर्छ, केपी ओलीको ‘भरिलो राष्ट्रवाद’ यतिबेला यही वीरगञ्ज नाकामा अड्किएको छ, जसलाई नफुकाई उनको दिल्ली भ्रमण नहुने संकेत स्वयं ओलीले नै दिएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.