×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

जब मन्त्रीले पाइपबाट ग्यास बाले…

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    पुष्पराज कोइराला

    काठमाडौं– केही पत्रकार र मन्त्रालयका आफ्ना दलबलसहित मंगलबार अपरान्ह टेकुको पचली पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जमीनमुनिबाट फुसफुसाइरहेको प्राकृतिक(मिथेन) ग्यास लाइटर बालेर सल्काउँदा ग्यास अभावले पीडित स्थानीय पनि केही आशावादी देखिए।

    mantri.jpg

    ‘ओहो कस्तो मजाले बल्दो रहेछ,’ हेर्नेको भिडबीच स्थानीयवासी आवाज सुनिँदै थियो, ‘यस्तरी मजाले बल्ने ग्यास अहिलेसम्म खेर गइरहेको रहेछ।’ ग्यास आएको थाहा नपाएको तर वेलबाट आएको तातो पानीमा नुहाउने गरेको अनुभव पनि छ कतिपय स्थानीयको। ‘हामी त यो वेलबाट आउने तातो पानीमा नुहाउने लुगाधुने गथ्र्यौं,’ काठमाडौं–१२ टेकुका रामकुमार देउलाले भने, ‘ग्यास आउँछ रे भनेको सुनेको हो तर थाहै थिएन यसरी आउँछ भनेर।’
    गत वैशाख १२ को भूकम्पले टेकुको जम्बुद्विप मार्गमा बन्द अवस्थामा रहेको खानी तथा भूगर्भ विभागको ग्यास वेल(कुवा) हल्लिँदा छेउछाउबाट मिथेन ग्यास लिकेज भइरहेको छ। त्यही ग्यासलाई संकलन गरी मन्त्री पाण्डेले बालेर देखाएका थिए। टेकु क्षेत्रमा रहेका ३ ओटा वेलबाट संकलन गरिएको ग्यास विभागले टेकु अस्पताललगायत सरकारी निकायहरुमा अन्डरग्राउण्ड पाइपलाइनमार्फत वितरण गर्दै आएको थियो। तर, अनेक राजनीतिक स्वार्थको चेपुवामा परेर २०५५ सालमा टेकु पचलीस्थित उक्त ग्यास च्याम्बर बन्द भएको थियो।

    देशले भारतको नाकाबन्दी भोगिरहेका बेला आम नागरिक खाना पकाउने ग्यास अभाव झेलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सायद यही ग्यास वेलहरुबाट संकलन गरेर वितरण गरिएको ग्यास आयोजनालाई सम्झिएर हुनुपर्छ, पाइपलाईनबाट घरघरमा ग्यास वितरण गर्न सकिन्छ भनेर बोलिदिए । करिब दुई साताअघिको उनको यो भाषणले निकै चर्चा बटुल्यो। टुक्का हालेर भाषण गर्ने छवी बनाएका प्रधानमन्त्रीले पाइपलाइनमा ग्यास बाँड्ने कुरा गरेर आफूहरुमाथि नै मजाक उडाइरहेको सम्झिए आम नागरिकले। सामाजिक सञ्जालहरुमा, चियाचौतारा र जमघटहरुमा प्रधानमन्त्रीको यस्तो व्यंग्यमाथि आक्रोश पोख्नेहरुको जमात बढ्दै गयो। आफूले बोलेको कुरा सत्य सावित गरेर देखाउने चुनौती प्रधानमन्त्रीमाथि बढिरहेको छ।

    ग्यास वेल सञ्चालन गर्ने विभागीय निकाय उद्योग मन्त्रालयका नेतृत्वकर्ता उद्योगमन्त्री सोमप्रसाद पाण्डेमाथि भने उनै प्रधानमन्त्री ओलीको दबाब बढेको छ यतिबेला । त्यही दबाब झेल्दै मन्त्री पाण्डे हातमा लाइटर लिएर कहिले इमाडोल त कहिले टेकु पुगेर जमिनमुनीको ग्यास बालेर देखाउँदै छन्। ‘उपत्यकाका २५ वर्गकिलोमिटर क्षेत्रफलभित्र विभिन्न ७२ स्थानमा ग्यास वेल निर्माण गरी ग्यास निकाल्न सकिने सम्भावना रहेको अध्ययनहरुले देखाएका छन्,’ नागरिकसँगको कुराकानीमा मन्त्री पाण्डेले भने, ‘शुन्य दशमलव ७५ घनमिटरका दरले प्रतिदिन ग्यास खपत गर्ने हो भने उपत्यकाका २० हजार परिवारलाई ५० वर्षसम्म पुग्ने ग्यास रहेको अनुमान छ।’

    मन्त्री पाण्डेका अनुसार गत सातादेखि उपत्यकामा रहेका ग्यास वेल सफा गर्न सुरु गरिएको र १ महिनाभित्र वेल सफा गरिसकिने छ। वेल बन्दहुनुअघिकै हालतमा रहेको अवस्थामा ३ महिनाभित्र ग्यास प्रयोग गर्न सकिने छ। ‘चीनले ४ हजार किलोमिटर टाढाको युक्रेनबाट प्राकृतिक ग्यास पाइपलाइनमार्फत ल्याएर बालिरहेको छ,’ मन्त्री पाण्डेले भने, ‘विश्वका धेरै देशले प्राकृतिक ग्यास प्रयोग गरिरहेका उदाहरण छन्, त्यसैले हामी पनि यो ग्यास प्रयोग गर्न सक्छौं।’ तर, मन्त्री पाण्डेले भनेजस्तै सहज रुपमा उक्त ग्यास प्रयोगमा आउनेमा विभागकै कर्मचारी शंका व्यक्त गर्दै थिए। ‘भारतले भोलि नाकाबन्दी खोलिदियो भने वेल सफा गर्ने काम भोलिबाटै बन्द हुन्छ,’ विभागकै एक कर्मचारीले भन्दैथिए, ‘निरन्तरता दियो भने सफल नहुने भन्ने त कुरै छैन । तर, २० वर्षअघिकै परिमाणमा ग्यास नहुन पनि सक्छ । उपत्यकामा बनेका घरहरु र डिप बोरिङहरुका कारण ग्यास लिकेज भएर कम भएको हुन पनि सक्छ।’

    विगतमा गाडिएका उपत्यकाका १४ ओटै स्थानका ग्यास वेलहरु सफा गर्ने र नयाँ स्थानमा पनि ग्यास उत्खनन गर्ने विभागको योजना छ। तर, करिब ३ सय मिटर गरिरो धसाइएको वेलको पाइप फुटेको वा वेल पुरिएको अवस्थामा पुनः नयाँ वेल निर्माण गर्नुपर्ने अवस्था आउने र यसका लागि ठूलै बजेट अवश्यक हुने विभागका प्राविधिकहरुको भनाइ छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.