×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भोको पेटमा ओढारको बास

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    कृष्ण सारु मगर

    फोटो : ओढारमा बादु चेपाङ ।
    (खैराङ) मकवानपुर : ८२ वर्षीय बादु चेपाङले दुई वर्षदेखि बेलुकाको खाना खान पाएका छैनन् ।

    बसाइ जंगलबीचको ओढारमा छ । उनी खैराङ–२ राजाराङ बस्तीनजिक २० वर्षदेखि ओढारमा बस्दै आएका छन् । विगत एक वर्षदेखि आँखा नदेख्ने र कान पनि नसुन्ने भएपछि ओढारमै बसेर बाँकी जीवन कटाउनुको विकल्प पनि छैन उनीसँग ।

    २०५६ सालमा स्थानीय निकायको निर्वाचन हुँदा नेपाल आर्मीले दिएको कम्बलबाहेक उनको साथमा केही छैन । दमको समस्याले हिँडडुल गर्न नसक्ने उनले भने, ‘खानेकुरा केही छैन, पाउँदा खान्छु, नत्र भोकै सुत्छु ।’

    सानैमा आमाबुबा बितेपछि काम गर्न सक्ने भएदेखि नै तर्सिकोटको साइला तामाङकोमा २० वर्ष र बाँकी समय यदुखोलाका ललितबहादुर तामाङकोमा गोठालो बसेर जीवनको ऊर्जाशील समय बिताए । उनले भने, ‘काम गर्न नसक्ने भएपछि ललितबहादुरले पनि निकाले, त्यसपछि मेरो ओढारको बास सुरु भयो ।’

    ओढारमा बस्न थालेपछि पनि उनले एक वर्ष गाउँमा मागेर खाए । ‘दमको समस्याले गाउँ डुल्न नसकेपछि उनी ओढारमै थन्किए’, स्थानीय श्याम चेपाङले भने ।

    उनले यसबीचमा तीनवटा ओढार फेरेका छन् । ‘जंगलनजिक ओढारमा बस्थे, एकदिन उनी नभएको बेला बाघ आएर पालेको गाई पनि खाइदिएछ’, उनले भने, ‘त्यसपछि गाउँनजिकको ओढारमा बस्न थालेका हुन् ।’

    बिहेसमेत नगरेका बादुको सहारा जेठा दाइका छोरा सुसे चेपाङ पनि बिरामी छन् । ‘मेरो साहारा भनेकै सुसे हो । उसले पनि थुक्छ, मुत्छ भनेर जंगलनजिक बस भनेपछि यता आएँ’, उनले भने, ‘बिहान जान्छु बासी भात, माम्रा खुर्केर दिन्छ त्यही खान्छु । दुई वर्षदेखि बेलुकाको खाना खाएको छैन ।’

    सुसेको घरमा पनि खानेकुरा सकिँदै गएको छ । ‘अब १०/१५ दिनलाई खान पुग्छ होला । खानेकुरा छैन ससुरालाई के खुवाउने हामी के खाने’, सुसेकी श्रीमती सन्चमायाले भनिन्, ‘कमाउने मान्छे पनि बिरामी छ ।’

    ‘मरे पनि ओढार, बाँचे पनि ओढारै हो मेरो’, बादुले भने, ‘नाति नातिना पनि अब तिमी मर्छौ उतै बस् भन्छन् ।’ आफ्नो नाममा एकधुरसमेत जग्गा नभएका उनको नागरिकता पनि छैन ।

    ‘नागरिकता झिकिदेऊ बूढा खान्की (वृद्ध भत्ता) पाउँला कि भन्दा सहयोग गरिदिने कोही पनि छैनन्’, उनले दुखेसो पोखे । जीवनमा टाढाको यात्रा भनेको मनहरी बजारसम्म गरेका छन् उनले । राजाराङ पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी बजारबाट एक दिनको पैदल दूरीमा छ ।

    यदि तपाई सहयोग गर्न चाहानुहुन्छ भने कृष्ण सारु मगरलाई फोन गर्न सक्नुहुन्छ। (Mobile N 9855070638)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.