×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

चीनलाई गैंडा उपहार दिइने

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १२, २०७२- नेपालले छिमेकी मुलुक चीनलाई एक जोडी एकसिंगे गैंडा उपहार दिने भएको छ । चिनियाँ सरकारको आग्रहअनुसार एक जोडी गैंडा उपहार दिने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी ओलीले वनमन्त्री अग्निप्रसाद सापकोटालाई निर्देशन दिएका छन् ।

    ‘प्रधानमन्त्रीज्यूले चीनलाई एकजोडी गैंडा दिन सहमति जनाउनुभयो,’ सापकोटाले कान्तिपुरलाई भने, ‘प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्बाट निर्णय गराएर गैंडा दिइनेछ ।’ पुस अन्तिममा वनमन्त्री सापकोटासहित मन्त्रालयका अधिकारीहरूको चीन भ्रमणका क्रममा चिनियाँ वनमन्त्री झाङ जियान लोङ र अन्य चिनियाँ अधिकारीले नेपाली टोलीसँग एकसिंगे गैंडा उपहार मागेका थिए ।

    ‘उहाँहरू (चीन) को आग्रहअनुसार मैले प्रधानमन्त्रीज्यूसँग कुरा राखें,’ मन्त्री सापकोटाले थपे, ‘अब चाँडै गैंडा दिने प्रक्रिया अघि बढ्नेछ ।’ पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन् । सबैभन्दा बढी गैंडा रहेको चितवन निकुञ्जबाटै चीनका लागि जोडी गैंडा चयन गरिनेछ । चितवनमा ६ सय ५ गैंडा छन् ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेकै बेला गैंडा उपहार दिने गरी तयारी सुरु गरिएको जानकारी मन्त्री सापकोटाले दिए । जिनपिङले निकट भविष्यमै नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ । ‘सहयोग पनि पाइने र दुई देशबीचको सम्बन्ध पनि प्रगाढ बन्ने भएकाले हामीले गैंडा दिन सहमति जनाएका हौं,’ उनले भने ।

    गैंडा उपहार दिए चीनले भक्तपुरमा प्रस्तावित प्राणी उद्यान, विधि विज्ञान प्रयोगशाला बनाउन र वन क्षेत्रको विकासका निम्ति आर्थिक र प्राविधिक सहयोग गर्ने वचन चिनियाँ अधिकारीले दिएको मन्त्री सापकोटाले उल्लेख गरे ।

    चीन सबै हिसाबले समृद्ध भए पनि वर्षौंअघि एकसिंगे गैंडा लोप हुँदा चिनियाँ अधिकारीले नेपाली टोलीसमक्ष प्राकृतिक बासस्थानमा गैंडाको संख्या बढाउन इच्छुक रहेको बताएका थिए । ‘भ्रमण अवधिको हरेक पटकको छलफलमा उहाँहरूले गैंडा दिन आग्रह गर्नुभयो,’ सापकोटाले स्मरण गरे, ‘उहाँहरू साँच्चिकै गैंडा भित्र्याएर संरक्षण गर्न चाहेको हामीलाई आभाष भयो र दिने निष्कर्षमा पुग्यौं ।’

    चीनले नेपाल सरकारलाई औपचारिक रूपमा गैंडाका लागि पत्राचार गरेलगत्तै मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले एक जोडी गैंडा व्यवस्थापन प्रक्रिया अघि बढाउनेछ ।

    विभागका महानिर्देशक फणीन्द्रराज खरेलका अनुसार दुर्लभ वन्यजन्तु तथा वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को अनुसूची १ मा सूचीकृत वन्यजन्तु भएकाले साइटिस सचिवालयलाई पनि जानकारी दिनुपर्नेछ । पछिल्लोपटक ज्ञानेन्द्र शाह नेतृत्वको शाहीकालीन सरकारले अस्ट्रियालाई एक जोडी गैंडा उपहार दिइएको खरेलले बताए ।

    विभागका शेरसिंह ठगुन्नाका अनुसार यसअघि नेपालले जर्मनी, जुओलोजिकल सोसाइटी अफ लन्डन, भारत, अमेरिकालगायत मुलुकलाई गैंडा दिइसकेको छ । ‘अध्ययन अनुसन्धान र प्राकृतिक बासस्थानमा तिनको संख्या बढाउन अरू देशलाई उपहार दिनु संरक्षणका हिसाबले राम्रो हो,’ ठगुन्नाले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.