×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २२ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

काँग्रेस कार्यकर्ता चाहन्छन् : अनुभव र ऊर्जाको संयोजन, गुठबन्दीको अन्त्य

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जीवन भण्डारी

    काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसका स्थानीय नेताले पार्टीलाई गुठबन्दीबाट मुक्त गरी पुराना नेताको अनुभव र युवा नेताको ऊर्जालाई संयोजन गरी पार्टी चलाउन नेतृत्वलाई सुझाव दिएका छन् । काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा चारवटा प्रदेशमा भएको प्रदेशस्तरीय प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रममा सहभागी स्थानीय नेताले गुठबन्दीले आजित भएको भन्दै असन्तुष्टि र निरासासमेत व्यक्त गरेका हुन् । उनीहरुले पार्टी नीतिभन्दा नेता केन्द्रित हँुदै गएकाले नीतिप्रधान पार्टीको रुपमा विकसित गर्न पनि जोड दिएका थिए । पार्टीलाई छलछाम र मनोगत तरिकाले चलाउने गरिएको भन्दै विचार र परामर्शका आधारमा पार्टी चलाउने परिपाटी बसाल्नुपर्नेमा धेरैको सुझाव आएको प्रतिष्ठानका प्रमुख तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । “उहाँहरुमा सबैभन्दा धेरै चिन्ता गुटबन्दीको बारेमा पाइयो, यसको अन्त्य होस् भन्ने नै उहाँहरुको चाहना छ, साथै परिवर्तनलाई आत्मसात् गर्दै पार्टी हाँक्ने नीति तथा नेतृत्वको आवश्यकतामा पनि उहाँहरुले जोड दिनुभएको छ”, पौडेलले भन्नुभयो । उहाँले अहिलेको संविधान लोकतान्त्रिक समाजवादको भावनासँग नजिक रहेकाले यसको कार्यान्वयन गराउनु नै काँग्रेसले मूल कर्तव्य सम्झनुपर्छ भन्ने धारणा धेरैको पाइएको बताउनुभयो । पार्टी विधानसम्मत नचलेकाले विधानअनुसार चल्नुपर्नेमा धेरैले ध्यानाकर्षण गराएको प्रशिक्षणमा सहभागी काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संविधानअनुसार विधान र विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने धेरैको सुझाव छ, गुठबन्दीको विपक्षमा स्थानीय नेता खरोरुपमा उभिएको पाइयो ।” पार्टीलाई तलैदेखि समावेशी बनाउनुपर्ने सुझाव धेरैको आएको नेता थापाले बताउनुभयो । उहाँले समावेशी र समानुपातिक कोटा पटकपटक एउटै व्यक्तिलाई दिनु यसको मर्मविपरीत भएको तर्क पनि आएको जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागी अर्का नेता गुरुराज घिमिरेले कार्यकर्ताको योगदान, क्षमता र सक्रियताका आधारमा जिम्मेवारी दिन स्थानीय नेताले माग गरेको बताउनुभयो । उहाँले पार्टीमा कुनै पनि जिम्मेवारी दिँदा कुनै न कुनै मापदण्ड बनाउनुपर्ने खाँचो धेरै कार्यकर्ताले औँल्याएको बताउनुभयो । “पार्टीको महाधिवेशन नीतिभन्दा नेता केन्द्रित र व्यक्ति केन्द्रित भएकाप्रति पनि धेरैलाई चित्त बुझेको रहेनछ”, घिमिरेको भनाइ थियो । प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यको बुझाइमा आन्तरिक लोकतन्त्र कमजोर भएको महसुस धेरै कार्यकर्ताले गरेका छन् । उहाँका अनुसार हरेक नेता तथा कार्यकर्ताले पार्टीभित्र जवाफदेहिता, पारदर्शीता र सहभागिता खोजेका छन् । “त्यसबाहेक पार्टीभित्रको ६०÷४० को भाडबन्डा, महाधिवेशनको बेला एजेन्डाभन्दा नेताको चर्चा बढी हुनु राम्रो नभएको धेरै स्थानीय नेताको भनाइ छ,” आचार्यले भन्नुभयो । काँग्रेसका नेताभन्दा कार्यकर्ताले परिवर्तनको धेरै चाहना राखेको आफूले पाएको प्रतिष्ठानका विज्ञ सदस्य प्रताप पौडेलले बताउनुभयो । उहाँले विधान कार्यान्वयन कडाइका साथ हुनुप¥यो, विधान उलङ्घन गर्नेलाई कारबाही हुनु प¥यो, पार्टीको अनुशासन समिति र संसदीय बोर्ड निर्वाचनबाट गठन गरी शक्ति र अधिकार सम्पन्न बनाउनु प¥यो, कार्यकारी पदका लागि उमेरको हदबन्दी तोकिनु प¥यो, पार्टीका सबै पदमा निर्वाचन हुनु प¥यो भन्नेलगायतका सुझाव आएको जानकारी दिनुभयो । काँग्रेसमा साधारण सदस्यको व्यवस्था भए पनि स्पष्ट अभिलेख नभएकोतर्फ पनि कार्यक्रममा सहभागीले नेताको ध्यानाकर्षण गराएका थिए । कृषि जलस्रोत र पर्यटनमार्फत मुलुकलाई सम्बृद्ध बनाउन सकिने, समाजवादलाई भुल्न नहुने, परराष्ट्रका बारेमा काँग्रेसले स्पष्ट नीति बनाउनुपर्नेतर्फ पनि स्थानीय नेताले सुझाव दिएको प्रतिष्ठानका सदस्य पौडेलले जानकारी दिनुभयो । काँग्रेसको प्रशिक्षण प्रतिष्ठानले गएको पुस ७ गतेदेखि ९ गतेसम्म प्रदेश नं ७ को धनगढीमा, २३ देखि २५ सम्म प्रदेश नं १ को विराटनगरमा, २८ गते देखि ३० गतेसम्म प्रदेश नंं ५ को पोखरामा र माघ २ देखि ४ गतेसम्म प्रदेश नं ४ को दाङमा प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रम भएको थियो । ती हरेक प्रदेशका कार्यक्रममा जिल्ला सभापति, क्षेत्रीय सभापति, समावेशीतर्फका महासमिति सदस्य गरेर सरदर ७० जना जति स्थानीय नेता सहभागी हुनुभएको प्रतिष्ठानका सदस्य पौडेलले जानकारी दिनुभयो । बाँकी प्रदेशमा पनि चाँडै नै प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रम गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.