×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

प्रधानमन्त्री भन्छन्, ‘नाका नखुलेसम्म भारत जान्नँ’

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १२, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्दै नाका नखुलेसम्म आफू भारत भ्रमणमा नजाने बताएका छन् ।

    ‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुईदिन भित्रै नाकाहरु सहज हुन्छन्,’ दैनिक पत्रिकाका सम्पादक र केही बरिष्ठ पत्रकारसँग मंगलबार बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भने, ‘नाकाको अवस्था सामान्य नभइ भारत भ्रमण जान्न ।’

    प्रधानमन्त्रीले असोज ३ गते ठूलो षड्यन्त्रका बाबजुद संविधान जारी भएको बताउँदै तर बिना सहमति रातारात जारी भएको हल्ला फैलाइएको उल्लेख गरे । ‘सहमतिका नाममा संविधान जारी गर्ने प्रक्रिया एक हप्ता मात्र सारेको भए अहिलेसम्म संविधान जारी गर्न सकिने थिएन । त्यो एउटा षड्यन्त्र थियो,’ उनले भने, ‘यो रातारात जारी भएको संविधान होइन । संबिधानसभाले तयार गरेको संविधानको ड्राफ्ट जनतामा लगेर त्यहाँबाट आएका सुझाव समेटेर सबै बिधि र प्रक्रिया पुर्‍याएर जारी गरिएको हो ।’

    प्रधानमन्त्रीले संविधानमा कसैलाई विभेद नगरिएको स्पष्ट पार्दै संघीयता, शक्ति पृथकीकरण, बहुदलिय प्रतिस्पर्धा, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस मानवअधिकार, असमानता र विभेदको अन्त्य संविधानका आधारभुत मान्यता रहेको बताए । ‘संविधानका बारेमा मतभेद पनि पार्टीहरुमा छैन । राजनीतिक खपतका लागि मतभेद छ भनेर हल्ला फिँजाइएको होला तर सबैलाई मनमनमा लागेको चाँही संविधानमा मतभेद छैन,’ उनले भने ।

    संघीयता वैज्ञानिक नभए आयोगमार्फत टुंग्याउन सकिने प्रधानमन्त्रीको धारणा थियो । ‘संघीयताका सिमानामा चित्त बुझेन भने संविधानमा आयोगको व्यवस्था छ । त्यसले टुंगो गर्ला । तर मैले जे भन्छु त्यही गर्नुपर्छ, अहिले नै गर्नुपर्छ भनेर पाखुरा सुर्किदा हुन्छ र,’ प्रधानमन्त्रीको प्रश्न थियो ।

    संविधान जारी भएपछिका तीन महिनामा १०७५ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएको विवरण पेस गर्दै प्रधानमन्त्रीले भने,  ‘यति ठूलो संख्यामा नागरिकता वितरण गरिएको छ अनि नागरिकतामा विभेद छ भन्ने ठाउँ कहाँ बाँकी रह्यो र ?’

    मधेसी मोर्चाआबद्ध दलको बोली र व्यवहारमा द्विविधा रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘संविधानसभाबाट राजिनामा दिएर हिंडेका सभासदहरु प्रधानमन्त्रीमा एउटालाई हराउन अर्कालाई जिताउन आइपुगे,’ उनले भने, ‘राजीजनामा स्विकृत भयो कि भएन भन्नेतिर पनि उनीहरुको ध्यान गएन ।’

    प्रधानमन्त्रीले संविधान संशोधनबाट मधेसी मोर्चा पनि खुसी नै रहेको दाबी गरे । ‘तर उहाँहरु यसलाई खुलेआम स्विकार्न सक्नुहुन्न । किनकि आफूहरुले उठाएको मुद्धा अर्काले बिचैमा खोसिदेला कि भन्ने पिर छ,’ उनले भने ।

    सरकार पासा खेलेर बसेको छैन
    प्रधानमन्त्रीले असहज अवस्थामा पनि सरकारले तीब्र काम गरेको बताए । ‘सरकार पासा खेलेर बसेको छैन । जनताका असुविधा हटाउने, जनजीवन सहज बनाउने, भूकम्प पीडितलाई राहत दिने, स्थायी आवास बनाउने कुरामा लागिरहेको छ,’ उनले भने, ‘म सँग खेर फाल्ने समय छैन ।’

    प्रधानमन्त्रीले मुलुकलाई विकासतिर अघि बढाउँछु भन्दा उडाइएको टिप्पणी गरे । ‘राम्रा काम गर्छु भन्दा मलाइ उडाइयो,’ कतिपय महत्वाकांक्षी घोषणामा हास्यको पात्र बन्नुपरेको बताउँदै प्रधानमन्त्रीले भने, ‘काठमाडौंमा मेट्रो रेल चलाउँछु भन्दा मैले सजाय भोग्नुपर्छ  ।’

    प्रधानमन्त्रीले कांग्रेस पनि आफ्नो सरकारमा सहभागी हुनुपर्ने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.