×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दाताले किन फिर्ता लगे १० अर्ब

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पिताम्बर सिग्देल

    काठमाडौं: नेपालको बन क्षेत्रको विकासका लागि विभिन्न दाता राष्ट्रले दिएको १० अर्ब रुपैयाँ फिर्ता जाने भएको छ ।
    दातृ राष्ट्रका राजदूत तथा प्रतिनिधिले यसको औपचारिक जानकारी बन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटालाई दिइसकेका छन् ।
    अहिलेसम्मकै ठूलो परियोजना बहुसरोकारवाला बन कार्यक्रम (एमएसएफपी) निरन्तर नहुने भएको हो ।
    बन प्रशासनको कामगराइ, अनियमितता तथा कार्यक्रमले अपेक्षित उपलब्धि हासिल नगरेको निष्कर्ष निकाल्दै तीन ठूला दाता राष्ट्रले बन तथा भूसंरक्षणमन्त्री र उच्चपदस्थ अधिकारीलाई भेटी परियोजनाका लागि छुट्ट्याएको रकम फिर्ता लैजाने जानकारी दिएका हुन् ।
    कार्यक्रममा सहयोग गर्ने बेलायत, फिनल्यान्ड र स्विट्जरल्यान्डका नेपालस्थित राजदूत तथा उच्चपदस्थ अधिकारीले केही दिनअघि बन तथा भूसंरक्षण मन्त्रालय पुगेर प्राथमिकताको क्षेत्र बदलिएको जानकारी दिए ।
    नेपालका लागि स्विट्जरल्यान्डका राजदूत युर्स हेरेन बेलायत र फिनल्यान्डका उच्च अधिकारीसहित मन्त्रालय पुगेका थिए ।
    उनीहरूले पालैपालो बोल्दै बन कार्यक्रमको बाँकी १० अर्ब रुपैयाँ दिन नसक्ने जानकारी गराएपछि बन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।
    ‘अब बहुसरोकारवाला बन कार्यक्रमका रूपमा कार्यक्रम निरन्तर हुँदैन । हाम्रो प्राथमिकताको क्षेत्र फेरियो भने’, बन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले भने ।
    परियोजना कार्यान्वयन हुने बेलामा बजेट फिर्ता लगेका दाताहरूले आफ्नो सरकारको प्राथमिकताको क्षेत्र फेरिएको दाबी गरेका छन् ।
    बेलायतले भने आफ्ना बहुसरोकारवाला बन कार्यक्रमबाट फिर्ता भए पनि फरक रूपमा सहयोग जारी राख्ने आश्वासन दिएको छ । पूर्वनिर्धारित सहमतिअनुसार १० वर्षका लागि १६ अर्ब रुपैयाँ खर्च गर्न आएको एमएसएफपी निर्धारित समयभन्दा सात वर्षअघि नै फिर्ता जाने भएको हो ।
    स्रोतका अनुसार दातृ निकायबीच लामो छलफलपछि परियोजनाको रकममा व्यापक भ्रष्टाचार, अनियमितता र खिचातानी भएको ठहर गर्दै फिर्ता जाने निर्णय गरिएको हो ।
    दुई चरणमा गरी १० वर्षका लागि नेपाल आएको यो परियोजना देशैभर विभिन्न छवटा समूहमा सञ्चालन भइरहेको छ ।
    परियोजनामा बेलायती सहयोग नियोग (डिफिड), फिनल्यान्ड र स्विस विकास सहयोग नियोग (एसडीसी) ले पहिलो चरणमा छ अर्ब र दोस्रो चरणमा १० अर्ब रुपैयाँ अनुदान सहयोगको निर्णय गरेका थिए ।
    सुरुमा यो परियोजनाको स्थानीय साझेदार (कार्यान्वयन गर्ने संस्था) छान्ने बेलामा समेत विवाद भएको थियो । विवादपछि पहिलो चरणको छनोट रद्द गरी दोस्रोपटक स्थानीय साझेदार छानिएको हो ।
    ‘त्यतिबेला नै दातृ निकाय, सरकार र अन्य सरोकारवालाबीच परियोजनाबारे परस्पर विरोधी धारणा आएका थिए’, परियोजना छनोटमा संलग्न दातृ निकायका प्रतिनिधिले भने ।
    बन मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको यो परियोजनाको दोस्रो चरणमा विस्तार गर्न २०१६ जुलाईभित्र ‘नेसनल फरेस्ट इन्टिटी’ नामको निकाय स्थापना गर्ने सहमति भएको थियो ।
    उक्त संयन्त्र बनाउने र नबनाउनेमा मन्त्रालयभित्रै विवाद भएको छ । बन क्षेत्रका लागि आउने सबै रकम र सहयोग नयाँ निकाय (फरेस्ट इन्टिटी) मार्फत मात्रै खर्च गर्न पाउने सर्त पनि दाताहरूले राखेका थिए । तर यसमा अमेरिकी सहयोग नियोग (यूएसएड) लगायत दाताहरूले भने असहमति जनाएका थिए ।
    सरोकारवालाहरूले बन तथा भूसंरक्षण मन्त्रालयको कमजोर भूमिका र निकम्मापनका कारण सरकारका नाममा आएको सहयोग फिर्ता गएको बताएका छन् ।
    ‘बन मन्त्रालयभित्रै खिचातानी र आरोपप्रत्यारोपका कारण परियोजना फिर्ता भएको हो, यसमा हाम्रै दोष छ’, बहुसरोकारवाला बन कार्यक्रमका एक अधिकारीले भने । मन्त्रालयका सचिव ठाकुरले भने कार्यान्वयनको चरणमा परियोजना फिर्ता जाँदा राम्रो सन्देश नगएको बताए ।
    ०६८ मा सुरु भएको बन मन्त्रालयअन्तर्गतको सबैभन्दा ठूलो परियोजना एमएसएफपीमा विभिन्न छवटा संस्थालाई छ क्षेत्रमा काम गर्न जिम्मा दिइएको थियो ।
    परियोजना सञ्चालनको जिम्मा दिइएका केही संस्थाको खर्च प्रणालीमा अनियमितताको आशंका गर्दै केही परियोजनाको फाइलसमेत अख्तियारले नियन्त्रणमा लिएको थियो ।
    बन क्षेत्रमा नीतिगत सुधार, विपन्न वर्गको आर्थिक अवस्था सुधार तथा जलवायु परिवर्तनको जोखिममा परेका समुदायको जीवनस्तर उकास्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.