×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘लगानीकर्ता सांसदले राय दिनु हुन्न’

  •  
  • सोमबार, माघ ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोभा शर्मा
    मनमोहन कलेज विधेयक
    प्रस्तावित मनमोहन मेडिकल कलेजको पक्षमा धुवाँधार वकालत गर्ने एमाले सभासद्हरुतर्फ इंगित गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले केही समयअघि भनेका थिए— यो संसद हो कि चेम्बर अफ कमर्स?
    वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोग गठन गरी त्यसैको सिफारिसका आधारमा मात्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने कि नदिने निर्णय गर्नुपर्छ भन्ने माग गर्दै अनसन बसेपछि अध्ययन गर्न बनेको कार्यदलका संयोजक थिए, माथेमा ।
    अध्ययन क्रममा सांसदहरुको रायसुझाव लिन खोज्दा बहुमत एमाले सांसदहरु मनमोहन कलेजको पक्षमा उभिएपछि माथेमाले त्यस्तो प्रतिक्रिया दिएका थिए।
    आज त्यही मनमोहन कलेजलाई सरकारी प्रतिष्ठानका रुपमा चोरबाटो छिराउन तयार पारिएको विधेयक संसदको त्यही समितिमा पेस भएको छ, जहाँ मनमोहन कलेजका सात लगानीकर्ता सदस्य छन्।व्यवस्थापिका संसदको महिला,बालबालिका,जेष्ठ नागरिक र समाजकल्याण समितिमा मनमोहन मेडिकल कलेजका अध्यक्ष राजेन्द्र पाण्डे,उपध्यक्ष डाक्टर वंशीधर मिश्र,श्रीमाया थकाली,सिन्धु जलेसा, रामहरी सुवेदी सहित ७ सदस्य छन्।
    संस्थाको भविष्यसँग जोडिएको यो विधेयक पारित गर्ने कि नगर्ने सम्बन्धमा उनीहरुले दिने रायमा व्यक्तिगत स्वार्थ पनि मिसिएको हुनेछ। सर्वसाधारणको स्वास्थ्य सेवा र देशको चिकित्सा शिक्षाको भविष्यसँग जोडिएको यति महत्वपूर्ण विधेयक पारित गराउने सवालमा व्यक्तिगत स्वार्थ जोडिएका सांसदहरुलाई निर्णय प्रक्रियामा भाग लिने अधिकार दिनु हुन्छ कि हुन्न?
    मनमोहन कलेजमै पैसा लगानी गरेर र त्यसैको पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले वकालत गर्दै हिँड्ने सांसदले आफ्नो पदीय दायित्वलाई व्यक्तिगत व्यापारिक स्वार्थसँग जोड्न मिल्छ कि  मिल्दैन?
    यस सम्बन्धमा संविधानविद तथा बरिष्ठ अधिवक्ता निलाम्बर आचार्यले ‘कन्फिल्क्ट इन्ट्रेस्ट’को विषय भएकाले स्वार्थ जोडिएका सांसदहरु प्रक्रियामा सामेल हुन नहुने बताए।
    ‘यो कन्फिल्क्ट अफ इन्ट्रेस्ट’को विषय मात्रै हैन, ती संसदहरुले यो विषयमा निर्णय गरे भने लोकतन्त्रिक व्यवस्थाकै मानमर्दन हुन्छ,’ उनले भने।
    सरकारले माथेमा आयोग बनाइसकेपछि यस्तो खालको विधेयक संसदमा लैजानु नै गलत भएको धारणा व्यक्त गर्दै आचार्यले भने, ‘यो डेमोक्रेटिक प्रोसेस नै भएन।’
    समितिको शिक्षासम्बन्धी उपसमितिमा गएको यो विधेयक ल्याउन मनमोहन मेडिकल कलेजका अध्यक्ष तथा समितिसदस्य राजेन्द्र पाण्डेको समूहले चलखेल गरिरहेको छ।
    यति प्रत्यक्ष स्वार्थ जोडिएको विधेयकमाथि उनले निर्णय गर्नु नैतिकताको नियम विरुद्ध हुने अधिवक्ता विपिन अधिकारीले बताए।
    ‘आफ्नै विषयमा संसदीय पदको लाभ लिएर छलफलमा भाग लिनु, राय दिनु, भोटिङ या निर्णय गर्नु संसदीय मर्यादाको मात्र होइन, नैतिकताको नियमविरुद्ध पनि हुन्छ, यो राम्रो पनि देखिँदैन,’ उनले भने।
    मनमोहनका लगानीकर्ताले यस विषयमा छलफल गरे वा कुनै राय दिए संसदीय नियमावलीमा भएका आचारसंहिताको समेत उल्लंघन हुने अधिकारीले बताए।
    संसदको आन्तरिक विषयमा अदालतमा मुद्दा उठ्दैन। अधिकारीले बताएअनुसार यो विधेयक माथि पाण्डेलगायत ती संसदले राय दिए भने अदालतमा कानुनी प्रश्न भएर जान सक्छ।
    ‘संसदको आन्तरिक विषय र सांसदको विशेषधिकार प्राप्त सांसदले यो हदसम्मको व्यापारिक र व्यक्तिगत स्वार्थ जोडिएको विषयमा निर्णय गरे अदालतले आफ्नो क्षेत्राधिकार ग्रहण गरी मुद्दा हेर्न सक्छ,’ अधिकारीले भने, ‘यो विषयमा स्वार्थ जोडिएका सांसदहरुले आफै घोषणा गरेर छलफल, राय या निर्णयमा भाग लिन हुँदैन। ’
    सम्बन्धन कुरिरहेको मनमोहन मेमोरियललाई एमालेको आधिकारिक मेडिकल कलेज भन्दा फरक पर्दैन। एमाले केन्द्रीय सदस्य तथा सा‌सद राजेन्द्र पाण्डे अध्यक्ष रहेको यो कलेजमा थुप्रै एमाले नेता तथा पार्टीनिकट चिकित्सक सेयरधनी छन्। माधवकुमार नेपाल,भरतमोहन अधिकारी, केदारप्रसाद सञ्जेल सोम प्रसाद पाण्डे, लगायत लगानीकर्ता पनि यसमा छन्।
     पाण्डेले आफ्नो राजनीतिक प्रभावको फाइदा उठाउँदै सामान्य कार्यकर्तादेखि धादिङका स्थानीयसम्मलाई धेरैथोरै लगानी गर्न लगाएका छन्। यो कलेज सञ्चालनमा अवरोध आउनु भनेको स्थानीय स्तरमा पाण्डेको राजनीतिक साख खल्बलिनु हो। उनको यही व्यक्तिगत इबी र राजनीतिक पहुँचकै कारण पनि यो मुद्दा बेलाबखत पार्टीको अडानका रूपमा सार्वजनिक हुने गरेको छ। केहीअघि एमाले सभासद्हरूबाट मनमोहन मेमोरियललाई सम्बन्धन नदिए संविधानसभा बैठक नै स्थगित गर्ने धम्की आउनुले यही पुष्टि गर्छ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.