×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

संविधान संशोधनसँगै मोर्चा दबाबमा

  •  
  • सोमबार, माघ ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ १०, २०७२-

    • काठमाडौं संस्थापनलाई दबाब दिन जारी नाकाबन्दी उल्टै मधेसका लागि प्रत्युत्पादक भएको निष्कर्षमा मोर्चाभित्रकै एकथरि नेताहरु पुगेका छन् ।
    • भारतबाट छिटफुट आएका ग्यास, पेट्रोलियमलगायत अत्यावश्यक सामग्री सिधै काठमाडौं ल्याइएको, तर मधेसमा नपुगेको भन्दै सर्वसाधारण नै आक्रोशित बन्न पुगेको मोर्चा–आंकलन छ ।
    • नाकाबन्दीको फाइदा उठाउदै तस्करीमा संलग्न गिरोहमा कतिपय राजनीतिक नेता–कार्यकर्ता समेत संलग्न भएको खुल्न थालेपछि मोर्चा आन्दोलनको स्वरुप समीक्षा गर्ने चरणमा पुगेको हो ।

    ……..

    संविधानप्रति असहमति राख्दै आन्दोलनरत मधेसी मोर्चा संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन दबाबमा परेको छ । साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ ।

    आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुईटाको सम्बोधन भए पनि चार घटक संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तमसपा मधेसमा दुई प्रदेश हुनेगरी प्रदेशको सीमांकन हेरफेर हुनुपर्ने अडानमै छन् । मधेस आन्दोलनको मूल मुद्दा नै मधेसमा दुई प्रदेश भएको उनीहरुको दाबी छ ।

    कांग्रेस–एमाले र एमाओवादीले मोर्चाले माग्दै आएको समानुपातिक प्रतिनिधित्वको प्रणाली र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण गर्न संविधान संशोधनसहित पारित गरे पनि मोर्चाका ३४ सांसदको संसद–अवरोध र नाराबाजी यथावत् रह्यो । मोर्चा नेताहरुले आन्दोलन नटुंगिने जिकिर गरेका छन्, तर औपचारिक संयुक्त निर्णय लिइएको छैन । आइतबार दिनभरिको आम–बुझाई अध्ययन गरेर सोमबार मोर्चा बैठक बस्ने स्रोतले जनायो ।

    मोर्चा बैठक सोमबार बिहान ११ बजे तमलोपा मूख्यालय बिजुलीबजारमा बस्दैछ । शीर्ष नेता रंगेली घटनामा मारिएकाहरुको शवयात्रामा मोरङ जाने भएकाले बैठकमा दोस्रो तहका नेता सहभागी हुनेछन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादव पूर्वी मधेसमै छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्लीमा उपचाररत छन् । फोरम अध्यक्ष उपेन्द्र यादव तीन दिने केन्द्रीय समिति बैठक सकेर सोमबार रंगेली जाँदैछन् ।

    फोरम केन्द्रीय समिति बैठकले आइतबार सकिएको संविधान संशोधन अधुरो भएको भन्दै ‘नमान्ने’ निर्णय गरेको छ । उसले सरकारसगग कालाबजारी र तस्करी नियन्त्रणको माग गरे पनि आफूसमेतको आयोजनामा जारी नाकाबन्दीकै कारण उक्त समस्या आएकोमा भने केही बताएको छैन । स्रोतका अनुसार अध्यक्ष यादवले नाकाबन्दीका कारण मधेसकै जनजीवन कष्टकर भएको भन्दै निर्णय पुनर्विचार हुनुपर्ने बैठकमा बताएका छन् । फोरमले ‘जारी आन्दोलनलाई काठमाडौंकेन्द्रित गर्ने र राष्ट्रिय स्वरुप दिने’ सांकेतिक निर्णय गरेको छ ।

    सद्भावना अध्यक्ष राजेन्द्र महतोले सोमबारकै मोर्चा बैठकले आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने निक्र्योल गर्ने बताए । ठूला दलले संविधान गरेकै शैलीमा संशोधन पनि पेलेर गरेको उनको दावी छ । तर उनले ठूला दलहरु मोर्चाको मागबारे पहिलेभन्दा नरम भएको भन्दै संवादको वातावरण बनाउन आग्रह गरे ।

    काठमाडौं संस्थापनलाई दबाब दिन जारी नाकाबन्दी उल्टै मधेसका लागि प्रत्युत्पादक भएको निष्कर्षमा मोर्चाभित्रकै एकथरि नेताहरु पुगेका छन् । भारतबाट छिटफुट आएका ग्यास, पेट्रोलियमलगायत अत्यावश्यक सामग्री सिधै काठमाडौं ल्याइएको, तर मधेसमा नपुगेको भन्दै सर्वसाधारण नै आक्रोशित भएको उनीहरुको ठम्याई छ । नाकाबन्दीको फाइदा उठाउदै तस्करीमा संलग्न गिरोहमा कतिपय राजनीतिक नेता–कार्यकर्ता समेत संलग्न भएको खुल्न थालेपछि मोर्चा आन्दोलनको स्वरुप समीक्षा गर्ने चरणमा पुगेको हो ।

    अर्कातिर, मोर्चाको मूख्य माग भनिएको सीमांकन विवाद टुंग्याउनेगरी राजनीतिक संयन्त्र बनाउन तीन ठूला दल तयार भए पनि प्रस्तावित कार्यविधिबारे कुरा नमिलेपछि वार्ता सिलसिला टुटेको हो । मोर्चाले कार्यविधिमै ‘मधेसमा दुई प्रदेश हुनेगरी’ लेखिनुपर्ने, संयन्त्रलाई संविधानको अनुसूचीमा राखिनुपर्ने अडान लिँदै आएको छ । तीन ठूला दलले भने ‘संघीय प्रदेशको सीमांकन पुनरावलोकन तथा परिमार्जन’ भन्ने भाषावली लेख्न अडान लिएपछि वार्ता अवरुद्ध बन्न पुगेको हो । वार्ता गरिरहेको कार्यदल मोर्चाले एकतर्फी रुपमा खारेज गरिदिएको छ, तीन दलले गम्भीरता नदेखाएको भन्दै ।

    कार्यदल वार्ताहरुमा सहभागी तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधनले मोर्चाको माग सम्बोधन नगर्ने दाबी गर्दै आन्दोलनको स्वरुप बदल्ने सोच नरहेको टिप्पणी गरे । ‘हाम्रो मूख्य चासो मधेसमा दुई प्रदेश हुन्छ कि हुँदैन भन्ने हो, त्यो प्रत्याभूति नहुन्जेल नाका धर्ना लगायत आन्दोलनको स्वरुप बदल्ने कुनै त्यस्तो सोच छैन,’ त्रिपाठीले भने, ‘तर आन्दोलनको स्वरुपबारे भोलिको बैठकमा छलफल गर्छौं ।’
    सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले थपे, ‘प्याकेजमा सहमति नहुँदासम्म अहिले आन्दोलनको स्वरुप बदल्ने प्रश्नै आउँदैन । संशोधनलगायत सबै विषयबारे बैठकमा छलफल गरेपछि मात्रै भन्न सकिन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.