माघ ९, २०७२- शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसबीचको बैठकले परिमार्जनसहितको संविधान संशोधन विधेयक पारित गर्ने निर्णय गरेको छ ।
बैठकले परिमार्जनको भाषा तयार गरि पेश गर्न तीन दलिय कार्यदललाई दिएको छ । कार्यदलमा कांग्रेसका विमलेन्द्र निधी, महेश आचार्य, मिनेन्द्र रिजाल एमालेका तर्फबाट भिम रावल, अग्नि खरेल माओवादीबाट कृष्णबहादुर महरा लगायतका छन् । अहिले तीन दलियकायदलको बैठक बसिररहेको छ ।
संशोधन विधेयक पारित गर्न आज ३ बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।
कांग्रेसले गर्याे निर्णय
आजै दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसदबाट परिमार्जनसहितको संशोधन प्रस्ताव पारित गर्न कांग्रेसका माधेसवादबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग संसदिय दलको कार्यालय सिंहदरबारमा भएको छलफल सकिएको छ ।
छलफलले परिमार्जनसहितको संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । उक्त छलफलमा कांग्रेस सभापति सुशील कोइराला, उप–सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमानसिंह लगायत मधेसबाट कांग्रेसको प्रतिनिधित्व गर्ने सबै सांसदको उपस्थिति रहेको थियो ।
ekantipur





















