×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    D4.0 View of Dhaulagiri from Poon Hill

    महेन्द्र भुसाल

    ८ माघ, काठमाडौं । प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ ।

    नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित घोरेपानी पुनहिलमा सिजनको बेला बिहानै ५ सय पर्यटक पुग्ने गर्छन् ।

    तर, अहिले पुनहिल सुनसान देखिन्छ । दैनिक सयौं पर्यटक पुग्ने घोरेपानी पुनहिलमा अहिले मुस्किलले ४०/५० जना पर्यटक पुग्ने गर्छन् । भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण पुनहिल पर्यटकबिहिन बन्न पुगेको हो ।

    ‘प्रकृतिक सुन्दरता दुरुस्तै छ, होटलहरु पाहुनालाई सेवा दिन तैयार छन्’ स्थानिय होटल व्यवसायीले भने, ‘तर पर्यटक छैनन् ।’

    D2.7 After crossing the Pothana village

    पोखराबाट नयाँपुल, लान्द्रुक, घान्द्रुक, घोरेपानी हुँदै पुनहिल भ्यू टावर पुग्न सकिन्छ । यहाँका हरेक स्थानबाट हिमाल देख्न सकिन्छ । खान-बस्नका लागि समेत राम्रो व्यवस्था रहेको छ ।

    यो पदमार्गमा हिमाली दृश्यमात्र नभएर गुरुङ तथा मगर संस्कृतिको अनुभव बटुल्न समेत सकिन्छ । यो पदयात्रा तीन/चार दिनमा सम्पन्न हुन्छ ।

    ३ हजार दुई सय१० मिटर उचाइमा रहेको पुनहिलबाट मौसम सफा भएको बेलामा अन्नपूर्ण, धौलागिरी हिमाल पुरै देखिन्छ । यसको अलवा ब्राहपिक -बाह्र हिमालको कलेक्सन) अन्तर्गत पर्ने निलगिरी अन्नपूर्ण एक आकर्षक देखिन्छ । सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो । साथै, हिउँचुली, माछापुच्छ्रे हिमाल पनि देख्न सकिन्छ ।

    अन्नपूर्ण साउथ ७ हजार २१९ मिटर, अन्नपूर्ण वान ८ हजार ९१ मिटर, माछापुच्छ्रे ६ हजार ९९३ मिटर अग्ला हिमाल हुन् । खासगरी धौलागिरीको दक्षिणतिरको भाग पुरै देख्न पाइन्छ ।

    अन्य आकर्षणहरु

    D4.12 view of Hiunchuli, Annapurna South, Braha peaks & Nilgiri respectively from the right from poon hill

    पदयात्रा रूटभित्र पर्ने घान्द्रुक गुरुङ गाउँ हो । यहाँ गुरुङ समुदायको म्युजियम समेत रहेको छ । स्थानिय लघु जलविद्युतका कारण घान्द्रुकमा लोडसेडिङ हुँदैन । यहाँ पुग्ने पर्यटकलार्इ यहाँको समुदाय र आमा समुहले जीवनभर नभुल्ने सत्कार टक्राउँछन् ।

    यहाँ सञ्चालित होटल तथा लजहरु स्थानिय समाजले नियमित अनुगमन गर्ने हुँदा करिव करिव एउटै खालको मूल्य हुन्छ । ग्रामिण पर्यटनका लागि नमुना गाउँको रुपमा रहेको घान्द्रुकमा पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाइन्छ ।

    यो पदमार्गमा अप्रिल मार्च महिनामा बाटैभरी गुराँस फुलेको देख्न पाइन्छ । घना जंगलमा रातै फुलेको गुराँस देख्दा सबैको मन प्रफुल्लित हुन्छ । पदमार्गमा टिपिकल नेपाली घरहरु देख्न पाइन्छ । कतिपय ठाउँमा घरमै होमस्टे सञ्चालन गरिएको छ ।

    कसरी पुग्ने ?

    काठमाडौंबाट आफ्नो निजी गाडी, सार्वजनिक बस वा प्लेनमा पोखरा पुग्न सकिन्छ । पोखराबाट डेढ दुई घण्टाको समयमा फोर हृवील गाडीबाट धम्पुस पुग्न सकिन्छ । अथवा सार्वजनिक गाडीमा जान चाहेमा धम्पुस फेदीसम्म गाडी चल्छन् ।

    धम्पुसमा खान बस्नका लागि राम्रो सुविधा रहेको छ । यहाँबाट सुरु हुन्छ, घान्द्रुक, घोरेपानी पुनहिल यात्रा । धम्पुसबाट एक दिनमा लान्द्रुक पुग्न सकिन्छ । यहाँ हामीले एक दिन विताउन सकिन्छ ।

    D1 Dhaulagiri view resort 10_

    अर्को दिन लान्द्रुकबाट ४ घण्टा हिँडेर घान्द्रुक पुग्न सकिन्छ । यहाँ गुरुङ समुदायको म्यूजियम, गुरुङ सांस्कृतिक कार्यक्रम लगायतको मज्जा लिन एक रात बस्नुपर्छ ।

    त्यसपछि विहान उठेर घान्द्रुकबाट राम्रोसँग हिड्न सक्ने मानिस करिव ८ घण्टामा घोरेपानी पुग्न सक्छन् । बालबच्चा र बुढाबुढी हिँड्न नसकेमा देउराली वा टाँडापानीमा बास बस्न गइन्छ । यहाँ पनि खानबस्नको राम्रो सुविधा रहेको छ । यहाँ बास बस्नेहरु अर्को दिन हिँडेर घोरेपानी पुग्न सक्छन् ।

    घोरेपानी पुगेपछि करिव सवा एक घण्टामा पुनहिल भ्यू प्वाइन्छ पुगिन्छ । यहाँ पुग्दा विश्वकै सुन्दर ठाउँमा पुगेको अभाष हुन्छ । आँखै अगाडि सेता हिमाल, सूर्योदय हेर्नका लागि विहान ४ बजेदेखि नै पर्यटक पुनहिल पुगिसक्छन् । सूर्योदय हुँदा सेता हिमालहरू पनि सुनजस्तै टल्किन्छन् ।

    पुनहिलबाट पुनः घोरेपानीमा फर्किएर खाना खान सकिन्छ । लामो समय विदा लिएर गएका पर्यटक घोरेपानीमै बस्न पनि सक्छन् । तर, छोटो समय भएका पर्यटक त्यसै दिन बिरेठाँटी फर्किएर गाडी चढी पोखरा फर्किन सक्छन् ।

    पुनहिल पुग्ने यो सबैभन्दा चर्चित मार्ग हो । यसको अलवा अरू पदमार्गबाट पनि पुनहिल पुग्न सकिन्छ । पोखराबाट बिरठाँटी, उल्लेरी हुँदै घोरेपानी पनि पुग्न सकिन्छ । पुनहिल पुग्नका लागि सबैभन्दा छोटो बाटो यही हो ।

    D2.3 View of Annapurna South & Nilgiri from Pothana village_

    D2.51 Trekking at Tolkha village

    D2.52 At Tolkha village_

    D2.56 Tolkha village

    D2.25 view of Annapurna South & Hiunchuli from Vichhuk village

    D2.77 Landruk village

    Modi River- On the way to Ghandruk from Lsndruk_

    D3.3 At Ghandruk village

    D3.22 Yaks at Deurali, on the way to Ghorepani

    D4.2 On the way to poon hill, Poon hill gate

    पुनहिल पुगेपछि देखिएका सुन्दर हिमालहरू

    D4.0 View of Dhaulagiri from Poon Hill

    D4.7 view of Dhaulagiri from Poon hill_

    D4.24 view of Fish Tail, Hiunchuli Annapurna South Braha peaks respectevely from the right

    D4.26 view of Annapurna South from Poon Hill_

    तस्वीर : सिक्थसेन्स ट्राभल्स

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.