सञ्चार मन्त्रालयले अघिल्लो सरकारले बजेट मार्फत घोषणा गरेको कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि लोकतन्त्रवादी पत्रकार आन्दोलित भएका हुन्।
युनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार विज्ञप्तीमार्फत भट्टराईको नाम हटाउने सरकारी निर्णय विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। युनियनका जिल्ला शाखाहरुले बुधबार नै जिल्ला–जिल्लामा विरोधका कार्यक्रम गरेका छन्।
युनियनले सञ्चार मन्त्रालयले भट्टराईको नाम हटाएर प्रतिष्ठान गठन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी पत्रकारिताको इतिहास विरुद्ध रहेको भन्दै निर्णय सच्याउन माग गरिएको छ।
‘सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उहाँको नाम हटाएर भट्टराईको अपमान हुने मात्र होइन, सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जाने छ। तसर्थ आफ्नै इतिहास र गौरव मेटिने कदम नचाल्न हामी सरकारलाई सचेत गराउन चाहन्छौ।’, सिग्देलद्वारा जारी विज्ञप्तीमा छ।
nagariknews




















