×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २६ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५६ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

बाबुरामको पार्टी ‘कम्युनिष्ट’ नरहने

  •  
  • बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले अब केही दिनभित्रै आफ्नो पार्टीको केन्द्रीय न्युक्लियस वा केन्द्रीय समिति घोषणा गर्ने भएका छन्। नयाँ शक्तिका विषयमा बुधवार सानेपास्थित निवासमा  पत्रकारहरुसँगको गरेको अन्तरक्रियामा  भट्टराईले यस्तो बताएका हुन्।
    पार्टीको नाम के राख्ने भन्ने बारे अझै टुंगोमा नपुगे पनि ‘कम्युनिष्ट पार्टी’ वा यस्तो विचारधारा जनाउने कुनै नाम उनले नराख्ने उनले बताए। ‘पार्टीको नाम मार्क्सवादी, लेनिनवादी वा माओवादी राख्नु जरुरी छैन। अरु नै कुनै नाम दिने हो,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने-‘नयाँ शक्ति अहिलेसम्मका पार्टी भन्दा फरक हुने हो। नयाँ पार्टीलार्इ  प्रगतिशील बनाउनु पर्छ।’
    उनका अनुसार नयाँ पार्टीमा कम्युनिष्ट र गैर-कम्युनिष्ट दुवै विचारधारा बोक्ने मानिस हुनेछन्। ‘अब न्युक्लियस वा केन्द्रीय समिति गठन भएपछि तपाईहरुले यो कुरा थाहा पाउनु हुनेछ।’
    रसियामा बोल्सेभिक क्रान्तिपछि “मार्क्सवादी-लेनिनवादी” पार्टी नाम राख्ने चलन विश्वब्यापी रुपमा चलेको र चीनमा माओले क्रान्ति गरे पछि संसार भरि बढी क्रन्तिकारी देखिनका निम्ति आफ्नो पार्टीको नाममा “माओवादी” जोडिन थालेको बताउँदै भट्टराईले भने -‘अब नेपालको ऐतिहासिक आवश्यकता माओवादबाट पुरा हुन सक्दैन। तत्कालीन समयमा पुरानो राज्य व्यवस्था भत्काउनका निम्तिमात्र हामीले माओवादको प्रयोग गरेका थियौं। हाम्रो आन्दोलन सारमा प्रजातान्त्रिक नै थियो।’
    अब नेपालको आवश्यकता भनेको तिब्र आर्थिक वृद्धि भएका कारण ‘माओवाद’को नेपालमा उपयोगिता सकिएको भट्टराईको तर्क थियो। ‘हेर्नुस, चीनले पनि फरक बाटो लियो।  चीन जस्तो मुलुकले त आर्थिक वृद्धिका माओवादीलार्इ छाडेर देङ्गको नीति लिनु पर्यो भने नेपालमा माओवादबाट आर्थिक वृद्धि कसरी पुरा हुन सक्छ?’ उनले भने।
    आफ्नो पार्टी पार्टी छाड्ने निर्णय र नयाँ शक्तिको निर्माण भारतीय षड्यन्त्र भएको आरोपको पनि भट्टराईले खण्डन गरे। ‘मैले पहिलेदेखि नै भन्दै आएको हुँ कि संविधान निर्माणपछि बाँकी कार्यभारको लागि नयाँ पार्टी चाहिन्छ। तर मेरो पार्टी परित्यागलार्इ भारतीय नाकाबन्दी र मधेस आन्दोलनसँग मात्र जोडिएर मिडियामा लेखियो। यो त अश्वत्थामा हतोहतः जस्तो भयो। सत्य लुकाइयो। ’ नेपालमा औद्योगीकरणका निम्ति पूँजीको विकास र बृहत आर्थिक वृद्धि नयाँ पार्टीको प्रमुख एजेण्डा भएको बताउँदै भट्टराईले भने-‘त्यतिन्जेलसम्म नेपालले भारत र चीनसँग सन्तुलित नीति लिनु पर्छ। नेपाललाई गतिशील पुल बनाउनु पर्छ।’
    आफु भारत परस्त भएको आरोपको खण्डन गर्दै भट्टराईले भने-‘जनमोर्चा प्रमुखको हैसियतले मैले नै ०४८ सालदेखि ०५२ सालसम्म भारतीय प्रहरीले नेपाल प्रवेश गरेको विरोध गर्दै प्रत्येक वर्ष नेपाल बन्द गरेको हुँ। नेपाली राजनीतिमा भारतीय नीति विरुद्ध सबै भन्दा लामो समयसम्म मैले नै आन्दोलन गरेको हुँ। तर म नै कसरी भारत परस्त?’ उनले भने।
    जनयुद्धको पहिलो पाँच वर्ष पनि राष्ट्रियताका लागि भएको उनको दावी गर्दै आफूविरुद्ध षड्यन्त्र गरी भारत-परस्तको आरोप रचिएको भट्टराईको तर्क छ।उनका अनुसार नेपाली कांग्रेस भारत परास्त भएको र कम्युनिस्ट पार्टी भारत विरोधी हुने गरेकाले दुबैलाई सन्तुलन गरेर नयाँ शक्ति अघि बढ्ने उनको भनाइ छ। ‘तपाइँ सुशील कोइरालालार्इ नै हेर्नुस। उनी अड्लान-अड्लान भन्दा भन्दै प्रधानमन्त्रीको चुनाव हुँदा के भयो देखिहाल्नु भयो,’ उनले भने।
    अन्तरिक सामन्तवाद र भारतीय नीति नै नेपालको विकासमा प्रमुख समस्या रहेको कुरा आफूले लामो समयदेखि राख्दै आएको बताए।
    नेपालमा निजी क्षेत्र विकास नभएको कारणले नै राज्य व्यवस्थालार्इ दोहोन गर्ने प्रतिष्पर्धाका कारण यहाँ भ्रष्टाचार मौलाएको उनको ठहर छ। ‘या त तपाई कतार जानु पर्‍यो काम गर्न या त राज्यश्रोत दोहोन गर्न राजनीति गर्नु पर्‍यो। यस्तो अवस्थाबाट देश मुक्त हुनु पर्छ भन्ने नयाँ शक्तिको विचार हो,’ उनले भने, ‘औद्योगिक पूँजी निर्माण गरी देशमा दुर्इ अंकको वृद्धि हासिल गर्नु हाम्रो मुख्य मुद्धा हो।’
    यस अतिरिक्त, राज्यले नै दलका निम्ति चुनावी खर्च बेहोर्ने, संसद पूर्ण समानुपातिक निर्वाचनका माध्यमद्वारा गठन गर्ने र प्रत्यक्ष कार्यकारी राष्ट्रपति मार्फत मुलुक चलाउँदा नै राज्य व्यवस्था चुस्त र भ्रष्टाचार निवारण गर्न सकिने उनको तर्क छ।आफूसँग पार्टी संगठन चलाउने क्षमता नरहेको भन्ने आरोप पनि उनले खण्डन गरे। ‘जनयुद्धका समयमा बादलजी कारवाहीमा पर्नुहुन्थ्यो। संगठनको मुख्य जिम्मेवारी मैले नै सम्हालथें। मैले अरु जस्तो गुट मात्र नबनाएको हो। संगठन चलाउन सक्दैन भन्ने आरोप गलत हो, ’ उनले भने।
    नयाँ शक्ति नेपालको ऐतिहासिक आवश्यकता भएको कारणले नै नेपाली राज्यको आगामी कार्यभार अघि पुरा गर्न अहिले नयाँ शक्ति अभियानमा लागेको उनको दाबी छ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.