×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २६ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५६ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

ऋण असुल्न राहतै कब्जा

  •  
  • बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – हरिहरसिंह राठौर, जोगिमारा (धादिङ)

    धादिङ जोगिमारा–१, लैतापका भूकम्पपीडित चन्द्रबहादुर चेपाङकी दृष्टिविहीन श्रीमती लालकुमारी मचानमा । १० हजार रुपैयाँ राहत बुझ्न गएका चन्द्रबहादुरको ५ हजार फोकस नेपालले जबर्जस्ती लगेको छ ।तस्बिर : हरिहरसिंह/कान्तिपुर

    माघ ७, २०७२- लैताप गाउँका भीमबहादुर चेपाङले भूकम्पपीडितलाई दिएको न्यानो कपडा किन्ने १० हजार रुपैयाँको चेक बुझे । छेउमै राखिएको एभरेस्ट बैंकको काउन्टरमा गएर त्यसको नगद बनाए ।

    फोकस नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारीले उनलाई च्याप्प समातेर ताने । एकान्तमा लगेर ५ हजार रुपैयाँ जबर्जस्ती लिए । ‘न्याना कपडा किनिदिन साथमा ल्याएका चार जना बालबालिकालाई बचेको ५ हजारले दु:खसुख लुगा किनिदिएर रित्तो हात फर्किएँ,’ भीमबहादुरले सुनाए । मझिमटारस्थित जोगिमारा गाविस भवनमा सोमबार फाया नेपाल नामको संस्थाले ‘न्यानो कार्यक्रम’ को पैसा लगेको थियो । जाडोमा भूकम्पपीडितलाई दिने सरकारी घोषणाअनुसार यस गाविसमा फायाले जिम्मा लिएको थियो ।

    उसले दिने चेक साट्न सजिलो होस् भनेर बैंक काउन्टर छेउमै राखिएको थियो । त्यही राहत बुझ्न लाइनमा थिए लैताप–२ का सिद्धिलाल चेपाङ पनि । उनले पनि चेक बुझे । काउन्टरमा साटे । फोकसका कर्मचारीको घेराउमा परे । बुझेको सबै रकम उनीहरूलाई बुझाए । र, हात टकटक्याउँदै घरतिर लागे ।

    भूकम्पपीडितकै सहयोगार्थ धादिङमा कार्यरत रहेको दाबी गर्ने फोकसले भूकम्पपीडितले पाएको राहतलाई पुरानो ऋण उठाउने मौका छोपेको हो । ‘प्रहरी लगाएर भए पनि ऋण असुल्छौं भन्ने धम्की दिएपछि बुझाउन बाध्य भयौं,’ एक पीडितले भने । फोकसका कर्मचारी हातमा सूची बोकेर बसेका थिए । ज–जसको नाम आउँछ, तिनलाई छेउमा बोलाएर रकम असुल्थे ।

    फोकसले पाँच वर्षअघि चेपाङ समुदायमा कसैलाई बाख्राका पाठा, कसैलाई बंगुर, कसैलाई तरकारीका बीउबिजन दिएको थियो । त्यसको १० हजार रुपैयाँका दरले ऋण लेखेको थियो । जबकि उक्त रकम सरकारकै गरिबी निवारण कोषले फोकसलाई उपलब्ध गराएको थियो । सरकारले गैससलाई कसरी छाडा छोडेको छ र अधिकांश गैससले दिने नाममा कसरी डसिरहेका छन् भन्ने यो उदाहरण हो । जोगिमारामा ६ सय ५० परिवार चेपाङ छन् । तीमध्ये अति विपन्न १ सय ५० परिवारलाई ऋण दिइएको थियो । गैससमार्फत दिइएको सरकारी रकमलाई सामूहिक जमानीमा ऋण भनिएको थियो ।

    त्यसको ब्याज र हर्जाना जोडदै उठाउँदा–उठाउँदा गरिब चेपाङहरू उल्टै टाट पल्टिसकेका छन् । पाँच वर्षमा चक्रवर्ती ब्याजले ऋण दोब्बर पारिएको छ ।

    लतापका चन्द्रबहादुर चेपाङले बाख्रा पाल्न सकेनन् । दृष्टिविहीन श्रीमतीको उपचार गर्न त्यसलाई बेचे । उपचारमै पैसा सकियो । श्रीमती र आफूलाई ताता कपडा किनेर बाँकी पैसाले केही महिना घर खर्च धान्ने आसमा उनी पनि राहत बुझ्न पुगे । ‘फोकसका कर्मचारीले पाँच हजार खोसेर लगे,’ उनले बिलौना गरे, ‘बिरामी श्रीमतीको उपचारमा ऋण सकियो । ब्याज बढदै गएर तिर्नै नसक्ने भएँ ।’

    स्थानीय शिक्षक रामकुमार चेपाङका अनुसार सामाजिक परिचालनका अभावमा त्यति बेला आयमूलक कार्यक्रम असफल भएको थियो । ‘संस्थाले दिएको ऋणबाट चेपाङहरूले आयआर्जन गर्न सकेनन्,’ उनले भने, ‘उल्टै बाख्रा बंगुर बेच्दै ऋण तिरे । ब्याज बढदै गएकाले तिर्नै नसक्ने भए ।’ यहाँसम्म कि वितरण स्थलबाट असुली गर्न नसकेकालाई पछ्याउँदै फोकसका कर्मचारी चेपाङका घर–घरसमेत पुगेका थिए । नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले भने, ‘न्यानो कपडाको सरकारी राहत चेपाङका लागि कागलाई बेल पाकेसरह भएको छ ।’

    फोकसले राहत वितरणस्थलका करिव सय जनाबाट ६ लाख रुपैयाँभन्दा बढी उठाएको छ ।

    फोकसले वितरण स्थलबाटै रकम उठाएको स्वीकारेको छ । ‘स्थानीय समूहकै निर्णयमा सक्रिय सदस्य र हाम्रा कर्मचारी ऋण असुलीमा परिचालन भएका हुन्,’ फोकसको गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद पोखरेलले भने । स्थानीय विकास अधिकारी भगवान अर्यालले भूकम्प पीडितहरूको नाममा वितरण भएको रकमबाट ऋण असुली गर्नु अन्यायपूर्ण भएको बताए । ‘यसबारे अनुसन्धान गरिने छ,’ जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिवसमेत रहेका उनले भने ।

    ekanyipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.