×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

तीन दलले मधेसी मोर्चासँग शीर्ष स्तरमै वार्ता गर्ने

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिष्णु बुढाथोकी

    मधेसी मोर्चासँग प्रमुख तीन दलले शीर्ष स्तरमै वार्ता गर्ने निर्णय गरेका छन्।

    बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकले यस्तो निर्णय गरेको हो।

    तीन दलले बिहीबार बिहान ९ बजे मधेसी मोर्चालाई वार्ताका लागि आव्हान गरको छ।

    यस्तै संसदमा रहेका प्रमुख राजनीतिक दलले संसदमा पेश भएको संविधान संशोधनको विधेयकलाई माघ ९ गतेको संसदबाट पारित गर्ने सहमति भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सत्तारुढ दल एमाले, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।

    संसदमा पेश भएको संविधान संशोधनको विधेयकमाथि विभिन्न दलका सांसदहरुले दर्ता गराएको संशोधन प्रस्ताव मध्ये कुनै प्रस्तावले मधेसको माग सम्बोधन गर्ने भए त्यही प्रस्तावलाई संसदबाट पारित गर्ने सहमति भएको छ, बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकारसँग भने।

    यदि यी संशोधन प्रस्तावले मात्रै नहुने भए भोलि बिहान ९ बजे मधेसी मोर्चाका नेताहरुसँग वार्ता गरी संशोधन प्रस्तावमा आवश्यक भाषा लगायतका विषय परिमार्जन गर्न आफूहरु तयार रहेको पनि पौडेलले बताए।

    ‘त्यसका लागि मोर्चासँगको वार्ता पश्चात आवश्यक परेमा संसदबाट विशेष समिति बनाएर भएपनि संशोधन प्रस्तावको भाषा मिलाएर जाउ भन्ने सबैको सहमति भएकेा छ,’ उनले भने।

    बैठकमा सहभागी कांग्रेसकै अर्का नेता विमलेन्द्र निधिले अहिले सरकारको तर्फबाट सदनमा पेश भएको विधेयक जस्ताको तस्तै पारित गरेर अघि बढ्दा मधेसी मोर्चा मात्र नभइ कांग्रेसभित्रैका तराइ मधेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको सहमति हुन नसक्ने बताए।

    ‘त्यस अवस्थामा सकभर मोर्चासँग पनि सहमति हुनसक्ने उपाय खोज्न भोलि बिहान मोर्चाकै माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीजीले प्रमुख दलका शीर्ष नेताहरूसहितको वार्ता डाक्नु हुनेछ,’ निधिले भने।

    उक्त बैठकमा संविधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले दर्ता गरेका संशोधन प्रस्तावहरु सबैको अध्ययन गरी त्यसमा मोर्चाको सहमति अनुसार जुन प्रस्ताव उपयुक्त हुन्छ त्यही प्रस्ताव पारित गर्न प्रक्रिया अघि बढाउने उनले बताए।

    ‘यदि यसरी परेका प्रस्तावहरुको भाषामा समेत कुनै थप परिमार्जन गर्नुपर्ने भए मोर्चासँगको सहमति गरिनेछ।  त्यसको आधारमा संसदभित्रै नियमावली अनुसार विशेष समिति गठन गरिनेछ। त्यसको माध्यमबाट पनि अघि बढ्न प्रमुख दलका नेताहरु सहमत भएकोले आजको बैठक सकरात्मक दिशातर्फ बढेको छ,’ उनले भने।

    त्यसका साथै मोर्चासँग सीमांकन लगायत अन्य विषयमा पनि सकभर तत्काल र नभए पनि अहिलेका लागि संविधान संशोधनको विधेयक पारित गरी निरन्तर वार्ता र संवादद्धारा सहमति गरी अघि बढ्ने विषयमा सबैको एक मत रहेको उनले  बताए।

    संविधान र संसदीय नियमावली अनुसार, संविधानका कुनै पनि धारा, उपधारा र खण्ड वा अनुसूचि संशोधनका लागि सदनमा पेश हुँदा परेका प्रस्तावमा थप परिमार्जन गर्नु पर्ने अवस्थामा सभाको अनुमतिले सभामुखले विशेष समिति बनाएर त्यसको सिफारिसका आधारमा अघि बढ्न सकिन्छ।

    set0pati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.