×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

इन्धन वितरण पारदर्शी नभए कारबाही गर्ने अख्तियारको चेतावनी

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

    आयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलगायतलाई बोलाएर इन्धन वितरणमा देखिएको सबै समस्या समाधान गर्न निर्देशन दिएको हो।

    आयोगले मङ्गलबारमात्रै पत्र काटेर वितरणमा भइरहेको अनियमितताका सम्बन्धमा जानकारीसहित उपस्थित हुन आग्रह गरेको थियो । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन ।

    पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारणमात्रै गरिराख्नुका कारण के हो भन्दै आज उपस्थितिका लागि पत्र काटिएको थियो । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्तमात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन ।

    हाल तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिइएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्नेगरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएकामा आपूर्ति सचिव लम्साल, निगम प्रमुख खड्काले जनताले अनुभव गर्ने गरी इन्धन वितरण गरिने प्रतिबद्धता जनाए।

    थानकोट डिपो भरिएका कारण काठमाडौँ भित्रिएको इन्धन भण्डारण गर्न समस्या भए पनि निगमले सवारी साधनको लामो लामो लाइन लागेका पम्पलाई इन्धन दिएको थिएन । यस्तै अति विशिष्ठ व्यक्ति र अत्यावश्यकीय सेवाका लागि भन्दै मौज्दात राखिएको इन्धनमा समेत कालोबजारी भएको उजुरी आयोगमा परेको थियो ।

    यस्तै काठमाडौँ भित्रिएको इन्धनको परिमाणबारे पनि फरक फरक तथ्याङ्क सार्वजनिक भएको थियो । आयोगका प्रवक्ता कृष्णहरि पुस्करले मौज्दात इन्धन समानुपातिक तवरले वितरण गर्न निर्देशन दिइएको जानकारी दिए।प्रवक्ता पुस्करले पेट्रोल पम्पमा मौज्दात रहेको इन्धनको समेत सत्यतथ्य जानकारी सार्वजनिक गरेरमात्रै थप इन्धन दिनसमेत निर्देशन दिइएको छ ।

    पेट्रोल पम्पमा इन्धन वितरण गर्दा पारदर्शी प्रणाली अपनाउन र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, स्थानीय प्रशासनलाई समेत सहभागी गराउन र त्यसको जानकारी आयोगलाई समेत दिन आग्रह गरिएको छ । आयोगलेसमेत इन्धन वितरण प्रक्रियाको स्थलगत अनुमगन गर्ने भएकाले तथ्य तथा तथ्याङ्क फरक परेको खण्डमा सम्बन्धित अधिकारी कारबाहीको दायरामा आउने भन्दै आयोगले सचेतसमेत गराएको छ ।

    इन्धन वितरणमा कुनै नियम नै नभएको भन्दै आयोगले उपभोक्ताले बुझ्ने र थाहा पाउने गरी नियम बनाउन, त्यसको वस्तुनिष्ठ कार्यान्वयन गराउन तथा भ्रष्टाचार र अनियमिततामा संलग्न कर्मचारीलाई कारबाही गर्नसमेत सचेत गराएको छ ।

    उपभोक्ताको तहबाट आगामी दिनमा कुनै गुनासो आए, त्यसको जवाफदेही सम्बन्धित निकाय हुनुपर्छ र कारबाहीको समेत भागीदार बन्नुपर्छ भनेर हामीले सचेत गराएका छौँ । आयोग प्रवक्ता पुस्करले भने– “अटेर गरिए र जनताले अझै पनि समस्या भोग्नुपरे कारबाही गर्नुको विकल्प रहन्न।”

    यस्तै आयोगले खाना पकाउने ग्यास वितरणमा भइरहेको अनियमतता पनि तत्काल नियन्त्रण गर्न भित्रिएको ग्यासको समानुपातिक वितरण गर्न तथा वितरण प्रणाली सहज बनाउन निर्देशन दिइएको छ ।

    पछिल्लो दिनमा पेट्रोल पम्पलाई दिइएको इन्धन नै पूरा वितरण नगरी कालोबजारी गरिएको गुनासो आएको भन्दै आयोगले कुन पम्पलाई कति इन्धन दिइएको हो, ती पम्पले कति इन्धन वितरण गरे सोको जानकारीसमेत सार्वजनिक रुपमा गराउन निर्देशन दिइएको प्रवक्ता पुस्करले बताए।

    आयोगलाई आपूर्ति सचिव लम्साल, निगम प्रमुख खड्का थानकोट डिपो प्रमुख घिमिरे, प्रवक्ता घिमिरेलगायतले इन्धन आयात र वितरणको समग्र अवस्थाका बारेमा जानकारी गराए।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.