माघ ६, २०७२- रुकुम खोलागाउ ५, सर्केनाकी १७ बर्षीय किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको छ । घर नजिकैको जंगलमा बलात्कार पछि हत्या भएको हो ।
गत सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन गएकी ती किशोरी राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दा जंगलमा रुखमा बाधेर हत्या गरीएको अवस्थामा फेला पारेको स्थानीय मनमोहन शाहले बताए ।
उनको शब मंगलवार पोष्मार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको थियो । शबको प्रकृति हेर्दा किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको डा दिपक पुनले बताए । किशोरीको हातखुट्टा बाँधेर सामुहिक बलात्कार पछि हत्या गरे जस्तो छ, डा पुनले भने ।
किशोरीलाई केही दिन अघि नचिनेको नम्बरबाट फोन गरेर केटाहरुले धम्की दिने गरेको शाहले बताए । फोनमा धम्की दिनेले नै किशोरी हत्या गरेको शाहको दाबी छ । घटनाको अनुसन्धान शुरु गरीसकेको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए ।
ekantipur



