×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

नारायणगढ–मुग्लिन सडक देशकै पहिलो वन्यजन्तु मैत्री

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Muglin-Narayangadh

    ६ माघ, चितवन । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ ।सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ ।

    सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा आवतजावत गर्दछन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने जनाएपछि सो सडकलाई वन्यजन्तुमैत्री बनाउन लागिएको हो ।

    नारायणगढ–मुग्लिन सडक योजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट दुई दशमलब आठ किलोमिटर मुग्निनतर्फको आँपटारी चेकपोस्ट अगाडि र सात दशमलब छ किलोमिटरको दुरीमा रहेको जुगेडी र रामनगरबीच भागमा वन्यजन्तु आवतजावतका लागि बाटो छोडिएको छ ।

    पाँच मिटर चौडाइ र पाँच दशमलब पाँच मिटर उचाइको उक्त बाटो हुँदै ठूलोमा हात्तीसम्म आवतजावत गर्नसक्ने उनले बताए ।

    वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा सोही बाटो हुँदै वन्यजन्तु नारायणी नदीसम्म पानी खान जाने र आवातजावत गर्ने हुँदा बाटो छोडिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।

    उनका अनुसार वातावरणमैत्री बनाएर सडक निर्माण गरिएको नेपालमा यो पहिलो हो । सडक साँघुरो हुँदा जनावरलाई अप्ठ्यारो परेकाले विश्व बैंकको रु दुई अर्ब ९० करोडको सहयोगमा सो सडकलाई फराकिलो पार्ने काम भइरहेको छ । सन् २०१७ को अप्रिलसम्ममा सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको उनले बताए ।

    जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले सो क्षेत्रमा विगत तीन महिनामा गाडीले ठक्कर दिएर चारवटा हरिण मरेको बताए ।

    साँघुरो सडक हुँदा सवारीका साधन विस्तारै गुड्ने भए पनि सडक चौडा भएसँगै सवारीसाधनको गति बढ्ने हुँदा जनावर आवातजावतका लागि कठिन हुने उनले बताए । दुर्लभ वन्यजन्तु गैंडा ढिलो हिँड्ने गर्दछ । सो क्षेत्र गैँंडाको राम्रो बासस्थान मानिन्छ ।

    चितवनकै टिकौली क्षेत्रमा पनि कोरिडोरमा धेरै सवारी साधन गुड्ने हुँदा जनावरलाई अप्ठ्यारो परेको बताउँदै रायले त्यहाँ पनि विकल्पको खोजी गर्नुपर्ने बताए ।

    नारायणगढ–मुग्लिन सडकखण्डको सो सडक ३६ किलोमिटरको रहेको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माण कार्य अगाडि बढाइएको छ । सो क्षेत्रको सडक ११ मिटर फराकिलो बनाइँदै छ ।

    रासस

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.