×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातः कतै हर्ष, कतै विस्मात

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Mugu-Ma-himpat

    • मुगुको ढुम गाउँमा परेको हिमपात । तस्वीर : कविराज कार्की/अनलाइनखबर

    ६ माघ, काठमाडौं । नेपालका हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । मकवानपुरको दामन र रोल्पाका उच्च बस्तीहरुमासमेत हिमपात भएको छ ।

    हिमपातले उच्च हिमाली भेगका कृषकहरु खुसी छन् । तर, घरबाट समेत बाहिर निस्किन नसक्ने गरी बाक्लो हिमपात भएका स्थानको दैनिकी भने कष्टकर भएको छ ।

    मुगुको तापक्रम माइनस १०

    लामो खडेरीपछि मुगुमा हिमपात भएपछि चिसो ह्वात्तै बढेको छ । सदरमुकाम गमगढीको तापक्रम माइनस १० डिग्री सेल्सियस पुगेको छ ।

    मुगुका उच्च बस्तीमा मंगलबार साँझदेखि नै हिमपात भएको थियो । सदरमुकाम गमगढीमा भने गएरातिदेखि हिउँ परिरहेको छ । गमगढीमा बिहान-८ बजेसम्म ७ इञ्च बराबरको हिउँ परेको गमगढी हावापानी केन्द्रले जनाएको छ ।

    मुगुका उच्च बस्ती डोल्फु, मुगु, किम्री, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा भने तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ । स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । घरको ढोकाको मध्यसम्म परेको हिउँ तताएर पानी बनाई स्थानीयले खाना पकाउने गरेका छन् ।

    हिमपातले जिल्लामा यातायात सेवा र विमानस्थल बन्द भएका छन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडकखण्ड कच्ची भएकाले हिउँले सडक हिलाम्य हुँदा र घुच्चीलेकमा चार फिटभन्दा बढी हिउँ परेकाले मुगु भित्रने एक दर्जन मालबाहक गाडी बाटोमै रोकिएका छन् ।

    Snowfall-At-Mugu

    एक ठाउँबाट अर्को ठाउँसम्म जान नसकेपछि विद्यालयहरु पनि बन्द भएका छन् ।

    गाउँघरमा बाक्लो हिमपातले जनजीवन प्रभावित भए पनि किसानहरु र सदरमुकाममा आएका कर्मचारी तथा पर्यटकहरु भने हिउँसँगै रमाइरहेका देखिन्छन् । मुगुमा गत साउनदेखि पानी नपर्दा स्थानीय मर्कामा परेका थिए ।

    जुम्लाका किसान खुसी

    लामो खडेरीका कारण चिन्तित भएका जुम्लाका किसानहरु हिउँ परेपछि खुसी भएका छन् । हिउँले जमिन चिसो हुने अन्नबाली सपि्रने किसानहरुको भनाइ छ । हिउँले जौं, गहुँ, मकै, आलुलगायतका बाली र स्याउ खेती सप्रिने किसानहरु बताउँछन् ।

    जुम्लामा गत भदौदेखि पानी र हिउँ परेको थिएन । लामो खडेरीले बाली सुक्ने चिन्ताले किसानहरु पिरोलिएका थिए ।

    हिउँ परिरहेकाले बजार र गाउँ भने सुनसान छन् । सरकारी कार्यालय र संघ संस्थाका कार्यालयहरु कम मात्रै खुलेका छन् ।

    जाजरकोटमा टेलिफोन अबरुद्ध

    जाजरकोटका उत्तरी भू-भागमा हिमपात भएसँगै टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लाका उत्तरी भेगका रामीडाँडा, नायकवाडा, रोकायगाउँ, पैक, दह, मजकोट, गर्खाकोट, कोर्ताङलगायतका गाविसमा हिमपातका कारण फोन सेवा बन्द भएको छ ।

    जाजरकोटमा मंगलबारदेखि हिमपात जारी छ । सोमबार पनि घाम नलागेको र मंगलबारदेखि हिउँ परेकाले नायकवाडाको रतनकोट स्काइ टावरमा सोलारबाट विद्युत् आपूर्ति बन्द भएपछि फोन सेवा अबरुद्ध भएको हो ।

    जाजरकोटको तल्लो भू-भागमा भने पानी परिरहेको छ । हिउँ र पानीले चिसो बढेपछि बृद्धबृद्धा, बालबालिका र दीर्घ रोगीहरु प्रभावित भएका छन् ।

    तर, लामो समयपछि हिमपात र वषा भएपछि किसानहरु भने खुसी भएका छन् । हिमपात र वर्षाले बालीनाली सप्रने र वातावरण राम्रो हुने भएकाले आफू खुसी भएको गर्खाकोटका डिलबहादुर शाहीले बताए ।

    बाजुरामा मंगलबारदेखि हिमपात

    बाजुरा सदरमुकाम मार्तडी र आसपासका बस्तीमा बाक्लो हिमपात भएको छ । मार्तडी, कोल्टी, पाण्डुसेन, ढम्कने, दहकोट, मानाकोट, कोटीला, जगन्नाथ, गोत्री लगायतका स्थानमा मंगलबार रातिदेखि नै बाक्लो हिमपात भएको छ । हिमपातका कारण कोल्टी क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

    ताप्लेजुङको जनजीबन कष्टकर

    ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि वर्षासँगै हिमपात भएपछि जनजीबन प्रभावित भएको छ । ताप्लेजुङमा यो वर्ष तेस्रो पटक हिमपात भएको हो ।

    हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला, पाथिभरा, फले लगायतका क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ । माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो पनि ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको छ ।

    यस्तै जिल्लाका अन्य गाविस फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्े लगायतका उच्च भेगका गाविसमा समेत चिसो बढेको मामाफ्ेका चित्र लिम्बूले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.