×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

अख्तियारले १०७ नम्बरमा गुनासो सुन्ने

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ ।

    मुलुकभित्रका जुनसुकै स्थानबाट नागरिकले आयोगलाई भ्रष्टाचार तथा अनियमितताका बारेमा जानकारी दिन सक्नेछन् । नेपाल टेलिकमका जुनसुकै सेवाबाट नागरिकले जुनसुकै समयमा निःशुल्क रुपमा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्नेछन् ।

    आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार आयोगको सो नम्बरमा फोन आएको एकाध मिनेटभित्रै आयोगको टोली सेवाग्राहीले समस्या भोगेको स्थानमा पुग्नेछन् ।

    नियमअनुसार हुने काम गरिदिन पनि सरकारी निकायले ढिलासुस्ती गर्ने, अनावश्यक दुःख दिने, घूस माग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न उक्त नम्बर प्रभावकारी बन्ने आयोगको दाबी छ ।

    नेपाल प्रहरीको १००, दमकलको १०१, ट्राफिक प्रहरीको १०३ र बालबालिका हराएमा १०९८ मा निःशुल्क फोन गरेर आफ्ना गुनासा तथा चासो व्यक्त गर्न सके जस्तै आयोगले आजदेखि औपचारिक रुपमा उक्त नम्बर सञ्चालनमा ल्याएको हो ।

    प्रवक्ता पुस्करले रासससँग भने, ‘‘जुनसुकै सरकारी निकायमा सेवाग्राहीसँग घूस मागिएको छ, काममा आलटाल गरिएको छ वा दुःख दिइएको छ भने नेपाल टेलिकमको नम्बरबाट तत्काल आयोगमा फोन गर्नुस् । हामी तत्काल त्यस्ता निकायमा उपस्थित हुन्छौ र दोषीउपर कारबाही गर्छौं ।’’

    यसअघि आयोगले विभिन्न हटलाइन नम्बरको व्यवस्था गरेको थियो । तर आयोगले अनावश्यक रुपमा दुःख दिने नियतले फोन गरेको पाइए, त्यस्ता व्यक्तिलाई पनि कानुनको दायरामा ल्याउने जनाएको छ ।

    “घूस लिए, काममा आलटाल गरेर अनियमितता गरेको पाइए मात्र फोन गर्नुस् होइन भने दुःख दिने उद्देश्यका साथ फोन नगर्नुहोला”, प्रवक्ता पुस्करले भने, ‘‘सार्वजनिक निकायको कुनै भ्रष्टाचार, घूसखोरी वा अनियमिततासम्बन्धी केही ठोस जानकारी छ भने तुरुन्त १०७ नम्बरमा फोन गर्नुस् । हामी आवश्यक कारबाही गर्छौं ।’’

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.