×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

तीन दल बैठकमा प्रधानमन्त्रीले सोधे, ‘फेरि कहाँबाट आयो यो अनुसूचीको कुरो ?’

  •  
  • मङ्गलबार, माघ ०५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कार्यदल बैठक तनावपूर्ण, ‘मोर्चाले वार्तामा नआउने चेतावनी दियो’

    – बसन्त बस्नेत, काठमाडौं

    माघ ४, २०७२- मधेसी मोर्चाले बुझाएको छ बुँदे लिखित प्रस्तावमाथि तीन ठूला दल छलफलमा जुटेका छन् । सोमबार अपराह्न बालुवाटारस्थित निवासमा प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग झन्डै २ घण्टा परामर्श गरे । दोस्रो तहका नेतासमेत समावेश बैठकमा ‘मोर्चा-प्रस्तावको अन्तर्वस्तुबारे बुँदा-बुँदा छलफल भएको थियो ।

    तीन दलका तर्फबाट मोर्चालाई यसअघि दिइएको पाँचबुँदे प्रस्तावको जवाफस्वरुप मोर्चाले गरेको अर्को छ बुँदे प्रस्तावलाई सत्तारुढ र विपक्षी दलले ‘सम्झौताको तत्परताका रुपमा बुझेको’ ठहर गरेका छन् । तीन दल बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यसअघि मोर्चासँग धेरै चरणमा कुराकानी भए पनि पहिलो पटक लिखित प्रस्तावमाथि लिखित जवाफ नै प्राप्त भएको छ । छबुँदेको विषयवस्तुप्रति बुझाईमा अझै अन्तर रहे पनि सम्झौता गर्नका लागि लिखित प्रस्ताव आउनु सुखद छ ।’

    बैठकमा एमालेले मधेसमा दुई प्रदेश हुनेगरी अहिल्यै सीमांकन हुने प्रतिबद्धता दिन नसकिने, मंगलबार संसदबाट संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा पारित गर्नुपर्ने अडान लिएको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले मोर्चाको माग सहमति गर्नेभन्दा नगर्ने नियतले आउन खोजेको हो कि भनी सन्देह गरेपछि कांग्रेस नेताहरुले आशंका नगर्न सम्झाएको उच्च स्रोतले जानकारी दियो । ‘अस्तिसम्म संविधानको अनुसूचीमा राख्नुपर्छ भन्ने केही कुरा थिएन, फेरि अचानक कहाँबाट आयो यो अनुसूचीको कुरो ?’ ओलीलाई उदधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले यो सहमति गर्न आएको हो कि नगर्न आएको हो भन्ने शंका लाग्यो ।’

    मोर्चाका तर्फबाट कार्यदल सदस्यले आइतबार साँझको सिंहदरबार वार्तामा छ बुँदे प्रस्ताव तीन दलीय कार्यदल टोलीलाई बुझाएका थिए । त्यसमा ‘राजनीतिक संयन्त्रले तराई मधेसमा दुई प्रदेश हुनेगरी प्रदेशहरुको संख्या र सीमांकन परिमार्जन गर्नुपर्ने, संविधानको अनुसूचीमा राजनीतिक संयन्त्रको कार्यक्षेत्र राखिनुपर्ने’ लगायत माग उल्लेख छन् । ‘सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे माग सम्बोधन गर्न संविधानको धारा ५६ को उपधारा ३ को अनुसूची ४ लाई परिमार्जन गर्न प्रमुख राजनीतिक दल र आन्दोलनरत मोर्चासम्मिलित एक राजनीतिक संयन्त्र निर्माण गरिनेछ,’ मोर्चाको छ बुँदे प्रस्तावमा भनिएको छ ।

    प्रस्तावित संयन्त्रलाई संविधानको अनुसूची नम्बर १० मा राख्न भने तीनै दलले अस्वीकार गरेका छन् । बैठक स्रोतका अनुसार अहिल्यै संविधानका धारा उपधारा चलाउन नहुनेमा तीनै दलको एक मत छ ।

    मोर्चाको लिखित प्रस्तावअनुसार संयन्त्रको निर्णय सहमतिको आधारमा हुनुपर्ने, संयन्त्रको प्रतिवेदनका आधारमा तोकिएको अवधिभित्र संविधान संशोधन हुनुपर्ने उल्लेख छ । त्यस्तै राष्ट्रिय सभामा प्रदेशसभाका सदस्यहरु भएको निर्वाचक मण्डल रहने गरी प्रत्येक प्रदेशबाट पाँच जना अनिवार्य हुनेगरी बाँकी जनसंख्याको आधारमा हरेक प्रदेशबाट कम्तीमा तीनजना महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित निर्वाचित ५६ सदस्य निर्वाचित हुनुपर्ने मोर्चाको माग छ ।
    मोर्चाले आन्दोलनमा मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गरेको छ । आन्दोलनका क्रममा मारिएकाको घटनाहरुबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न प्रस्ताव गरेको छ । मोर्चाले छ बुँदे प्रस्तावलाई सम्झौताकै भाषाशैलीमा प्रस्तुत गरेको छ ।

    कार्यदल बैठक तनावपूर्ण
    तीन दल बैठक सकिनेबित्तिकै बालुवाटारमा सोमबार राति एक घण्टा चलेको तीन दल – मोर्चा कार्यदल बैठक तनावपूर्ण बन्यो ।

    बैठकको सुरुमा तीन दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले मोर्चाका मागबारे तीन दलीय शीर्ष नेतृत्वको निष्कर्ष सुनाउँदै तत्काल संविधान संशोधनमार्फत् सबै माग पूरा गर्न नसकिने, भाषा परिमार्जन गरेर सम्झौता भने गर्न सकिने बताएपछि मोर्चा नेताहरु आक्रोशित भएका थिए । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनमार्फत् मधेस आन्दोलनको अवतरण गराउन तीन ठूला दल अनिच्छुक भएको आरोप लगाउँदै अब कार्यदल वार्तामा आफूहरु नबस्ने चेतावनी दिए । ‘उहाँहरु कागजमा सम्झौता गर्न त चाहनुहुन्छ, तर त्यसका आधारमा संविधान संशोधन गर्न चाहनुहुन्न भन्ने हामीले बुझिसकेका छौं, उहाँहरु संविधान छुनै चाहनुहुन्न भनेपछि हामी वार्तामा अल्मलिइरहनुको औचित्य के ?’ कर्णले बैठकपछि कान्तिपुरसँग भने, ‘अब जे कुरा गर्नु छ, शीर्ष नेताहरुले गरुन्, हामी वार्तामा बस्दैनौं ।’

    तीन दलका तर्फबाट नेताहरुले संवादबाटै सहमतिका विकल्पहरु खोज्न आग्रह गरे पनि मोर्चा आवेशमा आएर उठेको एक कार्यदल सदस्यले बताए । अहिले पनि ठूला दलहरु लिखित सम्झौता गर्न प्रतिबद्ध रहेको भन्दै उनले मोर्चालाई लचकता देखाउन आग्रह गरे । बैठक एकाएक तनावपूर्ण बनेपछि दुई पक्षबीच दोहोरो वाद-प्रतिवाद एक घण्टा चल्यो ।

    ‘तीन दलले हाम्रो लिखित प्रस्ताव इन्कार गरे, त्यसैले हामी उठेर हिँड्यौं,’ बैठकबाट निस्केपछि तमसपा वरिष्ठ नेता रामनरेश राय यादवले भने, ‘उहाँहरु संविधान संशोधन गराउन चाहनुहुन्न भन्ने बुझेपछि के बसिरहने ?’

    बैठकमा मोर्चा नेताले अहिलेको संविधानलाई बाइबल/कुरान मानेर तीन दल हिडिरहेकाले संवादबाट सहमति अझै टाढा रहेको आक्रोश पोखेका थिए । एमाओवादी महासचिव कृष्णबहादुर महराले लिखित सम्झौता गर्ने प्रस्ताव तीन दलका तर्फबाट सकारात्मक ढंगबाट आएकाले अन्यथा नलिन आग्रह गरे ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.