×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

पूर्वपदाधिकारीलाई यस्तो सुविधा

  •  
  • सोमबार, माघ ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शम्भु कट्टेल

    काठमाडौं: राजनीतिक दलहरूबीचको विवाद र नागरिक समाजको विरोधका कारण रोकिएको पूर्वराष्ट्रपति, उपराष्ट्रपति र विशिष्ट पदाधिकारीको घरभाडा तथा मासिक वृत्तिसम्बन्धी विधेयक चाँडै संसद्मा प्रस्तुत गरिने भएको छ।
    गृह मन्त्रालयबाट हालै कानुन मन्त्रालयमा पठाइएको विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार रुपैयाँ वृत्तिका साथै क्रमशः १ लाख ३० हजार रुपैयाँ र ५० हजार रुपैयाँ मासिक घरभाडाको प्रावधान राखिएको छ।काठमाडौंमा एकाघरका परिवारका नाममा घर भएको अवस्थामा तोकिएको रकमको आधामात्र यी पदाधिकारीले पाउनेछन्।
    पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखका लागि मासिक वृत्तिको व्यवस्था छैन भने उनीहरूलाई घरभाडाबापत मासिक ५० हजार रुपैयाँ दिइनेछ।पदमुक्त भएपछि पूर्वराष्ट्रपति रामवरण यादवलाई सरकारले १ लाख ३० हजार रुपैयाँ मासिक भाडामा घरको बन्दोबस्त गरेको थियो भने पूर्वउपराष्ट्रपति परमानन्द झा कुनै सुविधा नलिई आफ्नै घरमा सरेका थिए।
    प्रस्तावित विधेयकअनुसार यादवले तोकिएको घरभाडा हासिल गर्न परिवारका कुनै सदस्यका नाममा काठमाडौं उपत्यकामा घर नभएको विधिवत् जनाउ सरकारलाई दिनुपर्नेछ। आफ्नै घरमा बस्ने पूर्वपदाधिकारीलाई घर मर्मतस्वरूप घरभाडाको आधा रकम दिइने प्रस्तावित विधेयकमा उल्लेख छ । पूर्वराष्ट्रपति यादवकी अविवाहिता छोरी अनिताका नाममा ललितपुरमा घर छ।
    प्रस्तावित ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी ऐन २०७२’ अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख पाँचै पदाधिकारीले सचिवालय, इन्धन र गाडी सुविधा पाउनेछन्।गृहप्रवक्ता यादव कोइरालाले पूर्वपदाधिकारीलाई दिइने सुविधाबारे छलफल भएको बताए।
    पूर्वराष्ट्रपतिले मन्त्रीसरह र अन्य पूर्वपदाधिकारीले राज्यमन्त्रीसरहको सवारीसहितको इन्धन सुविधा पाउनेछन्। पूर्वराष्ट्रपतिलाई एकजना शाखा अधिकृत, सवारीचालक र २ जना कार्यालय सहयोगी राख्न रकम दिइनेछ।
    अन्य पदाधिकारीले एकजना शाखा अधिकृत र एकजना सवारीचालक पाउनेछन् । नेपाल सरकारले पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी सुरक्षा उपलब्ध गराउनेछ।
    गृह मन्त्रालयले पदीय वा सार्वजनिक हैसियतका कारण सुरक्षा उपलब्ध गराउन आवश्यक देखिएमा त्यस्ता व्यक्तिको सुरक्षा खतराको मूल्यांकन गरी सुरक्षा उपलब्ध गराउने प्रस्तावित विधेयकमा उल्लेख छ। सुरक्षा खतराका आधारमा सुरक्षा उपलब्ध गराउनुपर्ने आधार, सुरक्षाको प्रकृति, सुरक्षाकर्मीको संख्या र सुरक्षासम्बन्धी मापदण्ड बनाउनेसमेत विधेयकमा उल्लेख छ।
    एडीसीलाई गोली हान्ने अधिकार
    कसैले हातहतियार लिई वा नलिई सुरक्षा प्रदान गरिएको व्यक्तिको जिउज्यानमा हानिनोक्सानी पुर्‍याउन लागेमा त्यस्ता व्यक्तिका विरुद्ध पूर्वपदाधिकारीका अंगरक्षकले गोलीसम्म हान्न सक्नेछन्।
    प्रस्तावित विधेयकमा पूर्वपदाधिकारीको जिउधनमा हानिनोक्सानी पुर्‍याउने उद्देश्यले आक्रमण भएमा त्यस्ता व्यक्तिलाई अंगरक्षकले आफूसँग रहेको साधन, हातहतियार र बल प्रयोग गर्नसक्ने उल्लेख छ।
    तत्कालीन हानिनोक्सानी रोक्ने वा टार्ने उद्देश्यले सुरक्षामा खटिएका सुरक्षाकर्मीले तत्काल आफूसँग रहेको साधन, हातहतियार प्रयोग गरेका कारण आक्रमणकारीको जिउ, ज्यान वा सम्पत्तिमा हानिनोक्सानी पुग्न गएमा सुरक्षाकर्मीको कसुर ठानिनेछैन।
    सुरक्षाकर्मीले बदनियत, लापरबाही वा हेलचेक्र्याइँले कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएमा त्यस्ता सुरक्षाकर्मीउपर कारबाही हुनेछ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.