×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

रुघाखोकी र चिसोबाट मुगुमा ६ को मृत्यु

  •  
  • शनिबार, माघ ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २, २०७२- दुई सातादेखि फैलिएको रुघाखोकी र अत्यधिक चिसोका कारण मुगुको धैनकोट गाविसमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीया बालिकादेखि ६५ वर्षका वृद्धसम्म छन् ।

    स्थानीयवासी नन्दप्रसाद आचार्यका अनुसार भाइरल रुघाखोकीको प्रकोपका कारण धैनकोट-४ का देवीचन्द्र जैसीकी ३ वर्षीया छोरी, ५५ वर्षका सर्जन बुढा, ५२ वर्षका नाना जैसी, वडा नम्बर ३ का ६२ वर्षीय धर्मदत्त जैसी, ९ का ६५ वर्षीय सर्पलाल मल्ल र वडा नम्बर १ का ३८ वर्षीय कन्नसिंह नेपालीको मृत्यु भएको छ । चिसोसँगै देखिएको रुघाखोकीको संक्रमणबाट उक्त गाविसको १ देखि ९ नम्बर वडाका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

    स्थानीय स्वास्थ्य केन्द्रमा औषधि र स्वास्थ्यकर्मी नभएको र जिल्ला जनस्वास्थ्यलाई खबर गरेपछि मात्र औषधि बोकेर स्वास्थ्यकर्मी गाउँ आएको आचार्यले बताए । गतवर्ष पनि यहाँ रुघाखोकीबाट धेरैको मृत्यु भएको थियो । स्वास्थ्य केन्द्रमा औषधि उपचार गर्न नआएर परम्परागत घरेलु उपचारतर्फ लाग्दा बिरामीको मृत्यु भएको स्वास्थ्यकर्मीको दाबी छ । गाउँमा स्वास्थ्यकर्मी खटिएपछि रुघाखोकी नियन्त्रण हुँदै गएको छ । ‘औषधि उपचार नै नपाएर मृत्यु भएको चाहिँ होइन,’ धैनकोट गाविसस्थित स्वास्थ्य केन्द्रका इञ्चार्ज सन्तोष मल्लले भने, ‘अरू रोगले थला परेर स्वास्थ्य केन्द्रमा औषधि गर्न नआउँदा ज्यान गुमाएका हुन् ।’ २ सय ८० बिरामीलाई उपचार गरी निको पारिएको मल्लले बताए । ‘अहिले फाट्टफुट्ट बिरामीबाहेक अन्य सबैलाई सञ्चो भइसक्यो,’ उनले भने ।

    निमित्त जिल्ला जनस्वास्थ्य अधिकृत थलराज डीसीले चिसोसँगै रुघाखोकीको संक्रमण फैलिँदा गाविसमा केही दमका रोगीको ज्यान गएको खबर आएको बताए । उनले भने, ‘महामारीको रूपमा रुघाखोकी फैलिएको भने छैन ।’
    दुई अहेवसहित पर्याप्त औषधि प्रभावित गाविसमा पठाइसकिएको डीसीले बताए ।
    यस्तै, सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमी रुघाखोकीले बूढापाका तथा बालबालिका प्रभावित भएका छन् । चिसो र सुख्खा मौसमका कारण फैलिन सक्ने महामारीलाई रोक्न जिल्लास्तरमा र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । जाडोको मौसममा जिल्ला अस्पतालमा दैनिक ४० देखि ४५ जना बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश रुघाखोकी र दमका बिरामी रहेको निमित्त जिल्ला स्वास्थ्य अधिकृत डीसीले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.