×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘आधारहीन आरोप’ ले म्यागी तनावमा

  •  
  • शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    टेकेन्द्र बस्याल

    'आधारहीन आरोप' ले म्यागी तनावमा
    सुर्खेत- नेपाली बालबालिकाको जीवन बदल्न योगदान गरेको भन्दै विश्वचर्चित सिएनएन हिरो अवार्ड पाएकी अमेरिकी युवती म्यागी डोयन अहिले सुर्खेतमा आफूमाथि लागेको अनावश्यक आक्षेपले तनावमा छिन्। उनीद्वारा स्थापित कोपिला भ्याली सेवा समाजका पूर्वकर्मचारी र केही पत्रकार आफूमाथि खनिएको म्यागीको आरोप छ। उनीहरूको निरन्तरको ‘प्रहार’ ले आफ्नो ज्यान खतरामा परेको भन्दै उनले सरकारसँग सुरक्षा मागेकी छन्।

     समाजका अध्यक्ष टोपबहादुर मल्लबाट यौनदुर्व्यवहारको सिकार भएको भन्दै एक पूर्वकर्मचारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्। सोही आधारहीन आरोपलाई मसला बनाउँदै केही मिडियाले आफूमाथि लाञ्छना लगाएको म्यागीको भनाइ छ।
    आर्थिक हिनामिना गरेको आरोपमा दुई महिनाअघि जागिरबाट निकालिएकी कौशिला मैनालीले यौनदुर्व्यवहार, आर्थिक हिनामिना, बालबालिकाको किर्ते कागज बनाएर रकम लिएको भन्दै पुस २० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आरोप मुख्य रूपमा समाजका अध्यक्ष मल्लमाथि लगाइएको छ। ‘तर मिडियाले मेराविरुद्ध समाचार लेखिरहेका छन्,’ उनले भनिन्, ‘हुँदाहुँदा अस्ति १०–१२ जना पत्रकारको समूह आक्रोशित हुँदै आएर जबरजस्ती हाम्रो स्कुलमा पस्न खोज्यो, अनुमति नलिई तस्बिरसमेत खिच्यो, यो कस्तो पत्रकारिता हो?’

    पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको योजनामा षड्यन्त्र भइरहेको म्यागीको आरोप छ। भारतीका जेठान नाता पर्ने कर्मचारीलाई एक वर्षअघि आचरणविपरीत काम गरेको आरोपमा निस्कासन गरिएपछि उनी योजनाबद्ध रुपमा लागेको उनले बताइन्। ‘भारतीका जेठानलाई निस्कासन गरेपछि उनले लगातार झूठा र भ्रामक समाचार प्रकाशित गरिरहेका छन्,’ उनले भनिन्, ‘यसविरुद्ध मैले पत्रकार महासंघ केन्द्रीय कार्यालयदेखि प्रेस काउन्सिलमा समेत उजुरी दिएकी छु तर सुनुवाइ भएको छैन।’ भारतीद्वारा सम्पादित स्थानीय पत्रिकाले आफ्नो खण्डनसमेत नछापेको उनको गुनासो छ।

    पूर्वकर्मचारी मैनालीले महिला केन्द्रको इन्चार्ज हुँदा १ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको खुलेपछि जागिरबाट निलम्बन गरिएको समाजका अध्यक्ष मल्ल बताउँछन्। ‘पदीय आचरणविपरीत काम गरेकाले कात्तिक १५ गतेदेखि निलम्बन गर्यौं ,’ उनले भने, ‘तर अहिले आएर ममाथि यौनदुर्व्यवहार आरोप लगाइन्, जसमा कुनै सत्यता छैन।’ आरोप सावित भए आफू जस्तोसुकै कारबाहीसमेत भोग्न तयार रहेको मल्लले बताए।

    महासंघ अध्यक्ष भारती भने आफूले पूर्वाग्रह नराखी समाचार सम्प्रेषण गरेको बताउँछन्। उनले केही दिनअघि आफूसहित पत्रकारको समूह कोपिला भ्यालीमा जाँदा दुर्व्यवहार भएको बताए। ‘यो सब मेरै कारणले भएको हो भन्ने उहाँहरूको सोचाइ छ,’ भारतीले भने, ‘तर समाचार त मैनालीले पत्रकार सम्मेलन गरेपछि स्थानीय पत्रिकामा आएका छन्, यसमा मेरो कुनै दोष छैन।’

    दश वर्षअघि नेपाल आएर सुर्खेत, भैरवस्थानमा कोपिला भ्याली सेवा समाज नामक संस्था स्थापना गरी अनाथ र टुहुरा बालबालिकाको सेवामा तल्लिन म्यागीलाई अमेरिकी टेलिभिजन सिएनएनले सन् २०१५ मा सिएनएन हिरो घोषणा गरेको थियो। पुरस्कारबापत प्राप्त झन्डै १ करोड रकमबाट सुर्खेतमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण गर्ने घोषणा उनले गरेकी छन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.