×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४७ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५६ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भीभीआईपीको फर्निसिङमा बर्सेनि पौने ३ करोड

  •  
  • शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – राजेन्द्र फुयाल 

    माघ १, २०७२- राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री र मन्त्रीसहितका विशिष्ट व्यक्तिको आवास ‘फर्निसिङ’ का लागि मात्र बर्सेनि पौने तीन करोड खर्चिने गरेको छ ।

    संसदको सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको ५२औं वार्षिक प्रतिवेदनमाथि छलफलका क्रममा सहरी विकास मन्त्रालयले बिहीबार त्यसबारे जानकारी गराएको हो ।

    विशिष्ट व्यक्तिहरूको आवास व्यवस्थापन सहरी विकास मन्त्रालयले गर्दै आएको छ । गत वर्ष उनीहरूका लागि फर्निचर, भान्सा, धारा, बिजुली, पर्दालगायत सामग्री खरिद शीर्षकमा दुई करोड ६९ लाख रुपैयाँ खर्च भएको थियो ।

    • महालेखाको प्रतिवेदनले प्रश्न उठायो
    • गत वर्ष २ करोड ६९ लाख खर्च
    • पदाधिकारी फेरिएपिच्छे आर्थिक अपचलन हुन सक्ने शंका
    • सात हजारभन्दा बढी सुरक्षाकर्मीको दुरुपयोग

    गरिब मुलुकको राज्यकोषबाट सरकारले गरेको यति ठूलो खर्चप्रति समितिका सदस्यले आश्चर्य व्यक्त गरे । ‘कुनै मापदण्ड नबनाई गरिएको यस्तो बेरुजु फस्र्योट हुन सक्दैन,’ समितिका सदस्य रामहरि खतिवडाले भने, ‘विशिष्ट पदाधिकारीको परिवर्तनपिच्छे यति ठूलो मात्रामा अनुत्पादक खर्च गर्नु गलत हो ।’ महालेखाको प्रतिवेदनले आै‌ंल्याएका बेरुजुबारे सम्बन्धित अधिकारीसँगको छलफलमा चित्तबुझो कारण प्रस्तुत भएमा फस्र्योट गर्ने विशेष अधिकार उक्त समितिलाई छ ।

    महालेखा परीक्षकको प्रतिवेदनमा समेत मापदण्डबिनाको उक्त खर्चप्रति प्रश्न उठाइएको छ । ‘बहालवाला विशिष्ट पदाधिकारीको निवासमा उपलब्ध गराइने सेवासुविधासम्बन्धी निर्देशिका ०७० तयार गरी मन्त्रिपरिषद्मा पेस भएको’ जवाफ सहरी विकास मन्त्रालयले दिएको छ । सरकारले ०७१ माघ २३ मा मन्त्रिपरिषदो आर्थिक तथा पूर्वाधार समितिमा पठाएको उक्त निर्देशिकाबारे हालसम्म निर्णय भएको छैन ।

    भवन विभागमार्फत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र मन्त्रीहरूलाई आवास सुविधा दिने गरिएको छ । ती निकायका पदाधिकारी फेरिएपिच्छे फर्निचर, पर्दा, कार्पेट परिवर्तनका नाममा आर्थिक अपचलन भएको हुन सक्ने सांसदहरूले बताएका छन् । कतिपय पूर्वमन्त्रीले सरकारी आवास छोडदा आफूले प्रयोग गरेका फर्निचर, टेलिभिजनलगायत सामान साथमै लगेको एक अधिकारीले जानकारी दिए । ‘सुविधाबारे प्रस्ट प्रावधान नहुँदा ठाडो आदेशका भरमा काम गर्न हामीलाई पनि अप्ठ्यारो छ,’ उनले भने ।

    बैठकले आवास सुविधा प्राप्त गर्ने पदाधिकारीमध्ये कसलाई कति सुविधा दिइएको छ भन्ने विस्तृत विवरण माग गर्ने निर्णय भएको लेखा समितिका सचिव सोमबहादुर थापाले जानकारी दिए । समितिले यसअघि पनि विशिष्ट पदाधिकारीलाई दिइएको सवारीसाधन, इन्धन, चालक, सुरक्षाकर्मीलगायतको विवरण माग गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह र रक्षा मन्त्रालयलाई सात दिनभित्र विवरण पठाउन दिइएको निर्देशन दुई साता बितिसक्दा पनि कार्यान्वयन भएको छैन ।

    छलफलका क्रममा बहालवाला र पूर्वविशिष्ट पदाधिकारी, सांसद, सेना र प्रहरीका उच्च अधिकारीका घरमा सात हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको तथ्य खुले पनि विस्तृत विवरण प्राप्त नभएको सांसद खतिवडाले बताए । विशिष्ट पदाधिकारीको आवासमा उपलब्ध गराइएको सुविधा तथा पूर्व र वर्तमान पदाधिकारीको निवासमा खटाइएका सुरक्षाकर्मीबारे समितिले विस्तृत अध्ययन गर्ने भएको छ ।

    पूर्वमन्त्रीदेखि केही बहालवाला सांसदसम्मले सुरक्षा खतरा नभई रवाफका लागि व्यक्तिगत सुरक्षाकर्मी लिएकामा चौतर्फी आलोचना भइरहेको छ । सेना र प्रहरीका उच्चअधिकृतले घरेलु सहयोगीका रूपमा राष्ट्रसेवक सुरक्षाकर्मी राख्ने गरेका छन् । पहिलो संविधानसभादेखि नै सुरक्षाकर्मी दुरुपयोगबारे चासो देखाएका संसदीय समितिहरू ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.