×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४७ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५६ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘६ महिनाभित्र स्थानीय निर्वाचन’

  •  
  • शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन्तोष घिमिरे

    फोटो :बालुवाटारमा कूटनीतिक सँगको दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै नेपालका लागि भारतीय राजदूत रन्जित रे। तस्बिर: प्रधानमन्त्री कार्यालय
    प्रधानमन्त्री-कूटनीतिक समुदाय दिवाभोज 
    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनेमा आफू विश्वस्त रहेको नेपालस्थित दातृ निकाय तथा कूटनीतिक नियोगका प्रमुखसमक्ष बताएका छन्।
    दातृ निकाय तथा कूटनीतिक नियोगका प्रमुखलाई सामूहिक रूपमा पहिलोपटक बिहीबार सरकारी निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चरणबद्ध रूपमा स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दलसँग परामर्श भइरहेको बताए। भूकम्प प्रभावित जिल्लाबाट स्थानीय निकाय निर्वाचन सुरु गर्ने सरकारको सोचाइ रहेको समेत प्रधानमन्त्री ओलीले बताए ।
    ‘पुनर्निर्माणको काम अघि बढाउनमात्र नभई स्थानीय निकायका जनप्रतिनिधिको भूमिका विकास निर्माणका कामलाई प्रभावकारी र जिम्मेवार बनाउन पनि उत्तिकै महत्वपूर्ण छ भन्नेमा सरकार जानकार छ’, प्रधानमन्त्री ओलीले भने, ‘विद्यमान कानुनअनुसार स्थानीय निकाय निर्वाचन आयोजना गर्नका लागि सरकार राजनीतिक दलसँग परामर्शमा छ।
    भूकम्प प्रभावित जिल्लाबाट स्थानीय निकाय निर्वाचन सुरु भए पुनर्निर्माणको काम अघि बढाउन सहज हुने विश्वास लिइएको छ।’ प्रधानमन्त्री नियुक्त भएयता ओलीले दातृ निकाय तथा कूटनीतिक नियोगका प्रमुखलाई पहिलोपटक सामूहिक रूपमा सम्बोधन गरेका हुन्।
    प्रधानमन्त्री ओलीका विदेश मामिलाविज्ञ गोपाल खनालले शनिबारदेखि पुनर्निर्माण अभियान सुरु हुन लागेको सन्दर्भमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई त्यसबारेमा जानकारी गराएको बताए।लोकतान्त्रिक परिपाटीबाट समावेशी संविधान जारी भई अहिले कार्यान्वयनको चरणमा रहेको प्रधानमन्त्रीले बताए।
    नयाँ संविधानअनुरूप बनाउनका लागि थुप्रै कानुनहरू संशोधनको चरणमा रहेको उनले बताए।’संविधानप्रति असन्तुष्ट समूहहरूको चासो सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा पेस भइसकेको छ। अहिले उक्त संशोधन अनुमोदनको अन्तिम चरणमा छ’, प्रधानमन्त्रीले भने,’आन्दोलनरत दलको जायज चासो सम्बोधन गर्न हामी चाँडै सहमतिमा पुग्नेछौं भन्ने मेरो विश्वास छ।’
    १३ बुँदे सम्बोधनका क्रममा प्रधानमन्त्रीले आन्दोलनरत दलसँग सहमति भएसँगै सीमानाकामा जारी तनाव, इन्धनलगायत आपूर्ति व्यवस्थामा रहेको अवरोध हट्ने आशा लिइएको बताए। ‘विद्यमान संकट हल भएपछि विकासका काम अघि बढाउन तथा पुनर्निर्माणलाई गति दिन सहज हुनेछ’, उनले भने।
    छिमेकी मुलुकहरू, दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य, विकास साझेदारलगायत अन्तर्राष्ट्रिय समुदायबाट भूकम्पपछिको उद्धार तथा राहतमा भएको सहयोगको प्रधानमन्त्रीले प्रशंसा गरे।केही समयभित्रै राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन योजना ल्याइने उनले बताए। आफूले दातृ निकाय तथा छिमेकी मुलुकबाट विगतमा जस्तै सहयोग अपेक्षा गरेको ओलीले बताए।
    पुनर्निर्माण प्राधिकरणको कानुन पारित भएपछि पदाधिकारी नियुक्त भई प्राधिकरणले आफ्नो काम तीव्रतर रूपमा सुरु गरिसकेको भन्दै प्रधानमन्त्रीले यसका लागि बजेट र कर्मचारीको व्यवस्था गरिसकिएको जानकारी दातालाई गराए।पुनर्निर्माणको कामलाई सरकारले अवसरका रूपमा लिएको भन्दै त्यसले औद्योगीकरणका लागि आधारशिला खडा गर्ने उनले बताए। तीन महिनाभित्र पुनर्निर्माणको कामले पूर्ण रूपमा गति लिने उनको भनाइ थियो।
    जायज भूकम्पपीडितको पहिचान गर्न दोलखाबाट सर्वेक्षण सुरु भएको र त्यसमा सकारात्मक प्रगति हासिल भइरहेको प्रधानमन्त्रीले बताए। पुनर्निर्माणका क्रममा स्थानीय तहमा सरकारले प्राविधिक र आर्थिक सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि स्थानीय समुदायको समेत सहयोग लिइने बताए।
    पुनर्निर्माण प्रक्रिया अघि बढाउन जिल्ला तहमा सभासद्को नेतृत्वमा एक समन्वय समिति बन्ने उनले बताए । त्यस्तै क्षेत्रीय तहमा पनि पुनर्निर्माणको अवस्थाबारे अनुगमन गर्न संयन्त्र रहने उनको भनाइ थियो।
    पुनर्निर्माणसम्बन्धी कामको कार्यान्वयन भएनभएको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मासिक रूपमा गर्ने प्रधानमन्त्री ओलीले बताए। त्यस्तै कार्ययोजनाअनुसार विभिन्न मन्त्रालयहरूले पनि पुनर्निर्माणको काम समयमा भएनभएकोबारे प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।
    सीमा अवरोधका कारण इन्धन तथा आपूर्ति ठप्प भई राष्ट्रिय गौरवका विकास परियोजनासमेत प्रभावित भइरहेको प्रधानमन्त्री ओलीले बताए। राजनीतिक समस्याको समाधान भएसँगै दातृ निकायमार्फत कार्यान्वयन भइरहेका परियोजनामा समेत सुधार आउने प्रधानमन्त्रीले बताए।
    कूटनीतिक ब्रिफिङमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, भारतीय राजदूत रञ्जित रे, अमेरिकी राजदूत एलाइना बी तेप्लिजलगायत अधिकांश देशका राजदूत, दातृ निकायका प्रमुख र विभिन्न अन्तर्राष्ट्रिय संगठनका नेपालस्थित प्रतिनिधि सहभागी थिए।
    ‘दिवाभोजका क्रममा कूटनीतिज्ञले पुनर्निर्माण अभियान सुरु हुन लागेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीलाई बधाई दिए’, ओलीका विदेश मामिलाविज्ञ खनालले भने।प्रधानमन्त्रीको ब्रिफिङमा परराष्ट्रमन्त्री कमल थापालाई डाकिएको भए पनि काठमाडौं बाहिर भएका कारण उपस्थित हुन सकेनन्।
    परराष्ट्रसचिव शंकर बैरागी बैठकमा सहभागी थिए।यसअघि मन्त्री थापाले मंगलबार परराष्ट्रमा आयोजित कार्यक्रममा कूटनीतिक नियोग र दातृ निकायका प्रमुखलाई राजनीतिक अवस्थाबारे अवगत गराएका थिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.