सहदेव चौधरी

काठमाडौंमै दुई ठाउँमा महोत्सवको आयोजना
काठमाडौँ: थारु समुदायकाले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर हर्षोल्लासपूर्वक ‘माघी महोत्सव’ मनाउदैछन्।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिने परम्परा रहेको थारु सांस्कृति विद भुलाई चौधरीले जानकारी दिए।
उनले भने, ‘थाहरु समुदाय एकदमै उदार भाव, सहयोगी स्वभावको तराईका आदिवासी हुन्। हामीले आफूभन्दा ठूलासँग आशीर्वाद लिन्छौ र सानालाई दिन्छौ।’ उनका अनुसार आजैका दिन घरकी बहिनी र छोरीलाई विशेष दान दिने चलम समेत रहेको छ।

शरीरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग उत्तम रहेको उनको भनाइ छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ।
यस पटक राष्ट्रिय थारु माघी महोत्सव काठमाडौंकै दुई वटा छुटा-छुट्टै आयोजना गरिएको छ। थारु कल्याणकारीणी, उपत्यका सभाले काठ्माडौको दशरथ रंशालामा माघी महोत्सवको आयोजना गरेको छ भने थारु युवाहरुले काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेका छन्। रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने खुल्लामञ्चमा डा. बाबुराम भट्टराईले माघी महोत्सवको उद्घाटन गर्ने छन्।

महोत्सवमा थारु भेषभूषासहितको झाँकी र्याली, विविध सांस्कृतिक झलक प्रदर्शनीका साथै खानाका परिकार, हस्तकला तथा पुस्तकका कक्षहरू रहने छन्। विशेषगरी माघीमा थारु समुदायले घोगी, ढिक्री, मुरही, खिचडी, तिलको लड्डु, खँरिया, अन्डाभात, तरुल, माछा, खाने गर्दछन्।

नेपालका आदिवासी/भूमिपुत्र थारुहरू नेपालको तराई र भित्री मधेसमा बसोबास गर्दछन्। २०६८ सालको जनगणनाअनुसार थारुको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० रहेको छ।
annapurnapost



