×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ओलीका असंगत बोली

  •  
  • शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्रीले बोल्दा विचार नगरी बोल्छन् भनी कल्पनासम्म नगरिने कुरा बोलेपछि आफूलाई हास्यको पात्र बनाए भनेर चित्त दुखाउनु हुँदैन ।

    माघ १, २०७२- प्रधानमन्त्री केपी शर्मा ओली अचेल आलोचनाको तारो भएका छन् । उनले केही दिनपूर्व भारतीय अवरोधका कारण चरम कष्ट बेहारिरहेका प्रत्येक नेपालीका चुल्होमा खाना पकाउने ग्यासको पाइप जडान गरिदिने र घन्टौंको लोडसेडिङबाट सजिलै मुक्ति पाउनका लागि हावाबाट विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गर्ने प्रस्ताव गरेका थिए । तर मिडिया, विशेष गरेर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उनको त्यो प्रस्तावलाई नराम्रोसँग खिल्ली उडाए । धेरैले उनलाई एउटा हास्यकलाकारका रूपमा चित्रित गरे ।

    हास्यकलाकारहरूले उनको नक्कल (क्यारिकेचर) गरे । देशलाई समस्याबाट मुक्ति दिलाउने यस्तो महान प्रस्तावप्रति यस स्तरको व्यंग्य र कटु आलोचना गरिएला भनेर उनले पक्कै कल्पना गरेका थिएनन् । हो नि त, चुल्होमै ग्यासको पाइप जोडिएपछि सिलिन्डर लिएर लाम लाग्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । ग्यासका कति बुलेट कहाँबाट भित्रिए भन्ने जिज्ञासाकै अन्त्य हुन्छ । अचेल उनी तीनछक्क र दिक्क छन्, किनभने उनको बुझाइमा यस्तो स्वाभाविक र सहज ज्ञानलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कमजोरी र शुद्धि हराएको कथनका रूपमा प्रचार गरे ।

    हावाबाट विद्युत उत्पादन गरेर लोडसेडिङ हटाउने प्रस्तावमा के खोट देखे सामाजिक सञ्जाल प्रयोगकर्ताले, ओली यसमा झनै छक्क छन् । हुन पनि देशले भोगिरहेका यी दुई प्रमुख समस्या, खाना पकाउने ग्यासको आपूर्ति र लोडसेडिङ त हुन् नि । गाडी र मोटरसाइकल गुडाउने इन्धन, पेट्रोल पम्पमा नपाएर के भो, तराईको आन्दोलनरत क्षेत्रबाटै कालोबजारी गरिएका ग्यालनका ग्यालन काठमाडौं लगायत देशका विभिन्न भागमा भित्रिरहेका छन् । आन्दोलनकारीहरूका एउटा कित्ताको त यो व्यवसाय नै भएको छ । साथै भन्न त केसम्म भनिंँदैछ भने मिलेमतोमा राज्य संयन्त्रका कतिपय हर्ताकर्ता नै सामेल छन् । समस्या जति लम्बिन्छ, आन्दोलनकारीको कालोबजारी पारंगत कित्ताले झन्—झन् अर्थलाभ गर्छ ।

    सहरको घरेलु जीवनमा यतिखेर मुख्य समस्या खाना पकाउने ग्यास र विद्युत आपूर्तिकै हो । यिनै समस्याको समाधान बताएका थिए ओलीले । वायुपंखाको प्रयोगद्वारा विद्युत उत्पादन गरिन्छ । त्यस्तै सौर्य ऊर्जा पनि वैकल्पिक उपाय हो भन्ने विषयमा दुईमत छैन । तर उनको यति उत्कृष्ट बुद्धिको किन आलोचना भयो, ओली र उनका समर्थकहरूले अझै भेउ पाएका छैनन् । साँच्चै भन्ने हो भने किन हावा र सौर्य ऊर्जामात्रै, उत्तर कोरियाबाट आणविक ऊर्जा ल्याएर लोडसेडिङ अन्त्य गर्छु भनेको भए झनै गज्जब हुन्थ्यो । होइन र ?

    हुन पनि उता उत्तर कोरियाले अणुबम परीक्षण गरेर विश्वलाई चकित पारेको घटना ताजै छ । फेरि नेपालका दलहरू, त्यसमा पनि एमाले र एमाओवादीको उत्तर कोरियासित प्रगाढ सम्बन्ध छँदैछ । थप बल चाहिएमा नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे, जो भौतिक रूपले नेपालमै बसे पनि मन उत्तर कोरियामै हुन्छ । उनको सहयोग लिएर उतैबाट परमाणु ऊर्जा आयात गरेर उसैसित सहकार्य गर्दै नेपालै झलमल्ल पारिदिन्छु भनेकै भए पनि के जान्थ्यो ! भन्नु त हो, भनिदिए भइगो । शब्दकोशमा शब्द जति पनि छन्, ओलीसँग जन्मजातै उखान—टुक्काको भण्डार छ, तुकबन्दी उनको विशेषता नै हो । यसर्थ माइक देख्यो कि मनमा जे आयो त्यो बोलिदियो, के नै जान्छ र ! प्रधानमन्त्री, मन्त्री बन्नु भनेको बोल्ने लाइसेन्स हो, त्यसैले जनजीवन चरम अभावका कारण आक्रान्त रहेको किन नहोस्, उनले बोलिदिए । फेरि अन्यत्र पाइपबाट चुल्होमा ग्यास जोडिएकै छ, यहाँ किन नहुने भन्ने उनलाई लागेको हुनसक्छ । तर पाइप जोड्ने ग्यासचाहिँ कहाँ छ † पाइप जडान गर्दैमा हररर ग्यास आफैं आउने होइन । त्यस्तै अन्यत्र हावाबाट विद्युत उत्पादन पनि भएकै छ, तर विशाल जलभण्डार भएको मुलुकले यथेष्ट जलविद्युतै उत्पादन नगरिरहेको अवस्थामा हावाबाट विद्युत कहिले र कसरी उत्पादन गर्ने होला । यी भनेका बोल्नुभन्दा पहिला सोच्ने कुरा हुन् ।

    ओलीले कथेका दुबै कथन असम्भव होइनन्, तर हालको सन्दर्भ नितान्त फरक छ । ग्यास आउँछ भारतबाट, उसैसित सम्बन्ध बिग्रेको अवस्था छ । अनि पाइप जोडेर के गर्नु ! फेरि ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित हुने भए पनि यस्तो प्रोजेक्ट पुरा गर्न कम्तीमा दस वर्ष त लाग्छ नै । जबकि समस्या तत्कालको हो । अधिकांश घरमा चुल्हो निभेको अवस्था छ, पहिला त त्यो निभेको चुल्हो बाल्ने व्यवस्था हुनुपर्‍यो । लोडसेडिङका कारण जीवनै अस्तव्यस्त छ, पहिला त तत्काल विद्युत आपूर्ति निश्चित गर्नुपर्‍यो । अनि निकालौंला नि हावाबाट बिजुली । कि कसो ओलीजी !

    अवश्य पनि देशलाई चाहिएको महत्त्वाकांक्षी योजना नै हो । घर—घरको चुल्होमा ग्यासको पाइप जोड्ने कुरा पनि महत्त्वाकांक्षी नै हो । हावाबाट विद्युत उत्पादन साँच्चै कर्णप्रिय कथन हो । तर यी तत्कालको संकट पार गर्ने प्रस्ताव होइनन् । छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै योजनाबद्ध रूपमा गर्दै जानुपर्ने कार्य हुन् । ओलीले एउटा कार्यक्रममा यति राम्रो कथनको खिल्ली उडाए भनेर गुनासो गरेछन् । यदि उनी देशका प्रधानमन्त्री नभएर योजना आयोगका सदस्य हुन्थे भने उनको गुनासो जायज हुन्थ्यो । यही कुरा यदि उनले नै पुगिसरी आएका बेला भनेका हुन्थे भने त्यो पनि सह्य हुन्थ्यो । तर आफू सम्पूर्ण रूपमा सुविधासम्पन्न तर देश संकटले आक्रान्त भएका अवस्थामा बोलेका कारण उनको खिल्ली उडाइएको हो । गुनासो गर्नुसट्टा बरु कतिखेर के बोल्ने भन्ने समझ नहुँदा आफू हास्यको पात्र बन्नुपरेको हो भनेर उनले स्वीकार्नु उचित हुन्छ ।

    देश बडे—बडे बोलीले बन्दैन । हो, बडे—बडे सोचलाई कार्यान्वयन गर्ने योजना र त्यसलाई साँच्चिकै गरेरै देखाउने प्रतिबद्धता, सुयोग्य कल्पनाशील टिमसहितको संलग्नता र आफ्नो व्यक्तित्व नै त्यसैमा होमिदिँदा अवश्य बन्छ । त्यसका लागि नेतृत्व र पद्धति पनि त्यतिकै अनुकूल हुनुपर्छ । तर ओलीसहित एमाले नेता, नेपाली कांग्रेस र एमाओवादीका प्रमुख मिलेर बनाएको वर्तमान संविधानले नेपाली जनतालाई आफ्नो नेतृत्व छान्ने अवसर प्रदान गर्दैन । यसले अपनाएको शासन प्रणाली, संसदीय प्रथा भनिए पनि यथार्थमा भन्न नमिल्ने समानुपातिक हुलिएको एउटा विकृत प्रणाली हो । यसले जिम्मेवार र जनताप्रति उत्तरदायी शासनलाई सुनिश्चित गर्ने त परै संवेदनशील हुनसमेत प्रेरित गर्दैन । यसै प्रथाका कारण पहिलो संविधानसभा संविधान नल्याई भंग भयो । दोस्रो संविधानसभामा यसै प्रणालीका कारण सुशील कोइराला सदृश व्यक्तिले समेत प्रधानमन्त्री बन्ने मौका पाए । दलहरूले आफैं तोकेको ८ माघको समयावधि गुजारे तथा भूकम्पले सिर्जना गरेको त्रासदीका बीच देशमा दीर्घकालीन द्वन्द्व निम्त्याउने ‘संविधान’ ल्याए ।

    संविधान आएपछि प्रधानमन्त्री बनेका ओलीले आफैंलाई हेरे पुग्छ । संघीयता त विवादित भइगो, नेपाली लोकतन्त्र र गणतन्त्रको अन्तर्राष्ट्रिय छविलाई राजावादीको कालो छायाले छोपेको छ । मन्त्रिपरिषद भीमकाय, ६ जना त उपप्रधानमन्त्री छन् । मध्यपूर्वी तराईको आन्दोलन र त्यसैको निहुँमा भारतले लगाएको नाकाबन्दीका कारण अर्थतन्त्र धराशायी भएको छ । यद्यपि भारतीय नाकाबन्दीको कारण अर्कै छ, तर त्यसको फाइदा मधेस केन्द्रित दलहरूले उठाएका छन् । कारण हो धर्मनिरपेक्षता, यो सबैले बुझेका छन् र संविधानको धारा ४ मा धर्मनिरपेक्ष रहेसम्म भारतसित सम्बन्ध सहज हुँदैन भन्ने विषय पनि कसैबाट लुकेको छैन । राम्रो नराम्रो आफ्नो ठाउँमा होला, तर भारतीय प्रधानमन्त्रीले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

    फेरि धर्मनिरपेक्षता नेपाली जनताको मागै होइन, अत्यधिक नेपाली यसका विरुद्ध छन् । मूलत: यो इसाई मिसनरीहरू र तिनका युरोप अमेरिकास्थित संस्थापन र प्रतिनिधिहरूको दबाब र नेपालका नेताहरूलाई दिइएको प्रलोभनका कारण संविधानमा राखिएको हो भन्ने विषय जान्ने—बुझ्ने कसैबाट लुकेको छैन, उद्घाटित भइसकेको छ । त्यसैले मधेस समस्या समाधान हुँदैमा भारतसित सम्बन्ध सुध्रिँदैन, सम्बन्ध नसुध्री पेट्रोलियम पाइप लाइनको काम अघि बढ्दैन । पाइप लाइन नआई, कनेक्सन नभई कुनै पाइप चुल्होमा जोड्दा आफैं बल्दैन । कि बल्छ हँ ? त्यस्तै हावाबाट बिजुली त निस्किन्छ, त्यस्तो प्रविधि नभएको होइन, छ । तर यो आफैंमा एउटा बृहत् परियोजना हो । यसबारे नीतिगत निर्णयदेखि विज्ञता, विशेषज्ञता आवश्यक हुन्छ । चरणबद्ध काम हुन्छ । पंखा हल्लाउँदैमा हावाबाट बिजुली निस्कँदैन । प्रधानमन्त्रीले बोल्दा यतिसम्म विचार नगरी बोल्छन् भनेर कल्पनासम्म नगरिने कुरा बोलेपछि आफूलाई हास्यको पात्र बनाए भनेर चित्त दुखाउनु हुँदैन । अब धेरै मच्चिनु होइन, सच्चिनुपर्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.