×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एक किलो प्लास्टिकबाट सात सय मिलिलिटर इन्धन

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :प्लास्टिकबाट इन्धन निकाल्न सहभागी अमृत साइन्स क्याम्पसका विद्यार्थी । तस्बिर : रासस
    काठमाडौँ : तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।
    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ । प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले आज हस्ताक्षर गरे ।
    नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पूरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ ।
    हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ । नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा रवीन्द्रप्रसाद ढकाल परीक्षणका रुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताउँछन् ।
    नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने उद्देश्य राखेको छ । ‘सबै प्रक्रिया अगाडि बढेको छ, हामी आगामी एक महिनाभित्र जडान गरिसक्छौँ’, प्रविधि सङ्काय प्रमुख ढुङ्गेलले भने ।
    सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ ।
    नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७ सय मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा ८ सय मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ ।
    विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भए पनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ ।
    नास्टका सचिव बुद्धिरत्न खड्गीले प्लास्टिकबाट ठूलोमात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गरिने भए पनि तत्कालका लागि सानो प्रविधि जडान गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।
    प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या भोग्दै आएका छौँ ।
    इको पाटी जापानका अध्यक्ष मात्सुमोतो नेपालका हिमालबाट सुरु भइ प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिमा काम गर्न लागेको बताउनुहुन्छ ।
    काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरकाअनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने महानगरको मात्रै ५ सय ५० टन फोहोर उत्पादन हुन्छ ।
    उत्पादित फोहोरमध्ये २० प्रतिशत भन्दा बढी फोहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर रहने गरेको छ ।
    यस हिसाबले २० टनभन्दा बढी प्लास्टिकजन्य फोहोर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । डा ढकालकाअनुसार एक हजार किलो प्लास्टिकको फोहोरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ ।
    काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर इन्धन उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहोरबाट पनि दैनिक तीन लाख लिटर भन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ ।
    ‘महानगर आफैंले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो’, प्रमुख कुँवरले भने, ‘त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहोरलाई इन्धन बनाउन सके त त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ।’
    भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहोर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुख्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहोर अत्यधिक बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो ।
    त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको अनुमान गर्न सकिन्छ ।
    काठमाडौँ उपत्यकामा उत्पादित फोहोरमध्ये ६० प्रतिशत फोहोर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ । केही पुनः प्रयोग गर्न सकिन्छ ।
    प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउँछन् ।
    व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ ।
    आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने जानकारी दिँदै डा ढकाल दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको बताउँछन् । रासस

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.