×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गायिका रेखा शाह फसेकी हुन् कि प्रहरीबाट फसाइएकी ?

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जाहेरीकर्ता भन्छन्- छोराका कारणले मलाई ‘टर्चर’

    Rekha-saha

    चिरञ्जीवी पौडेल

    ३० पुस, काडमाडौं । गायिका रेखा शाह पाँच दिनदेखि काठमाडौं प्रहरी परिसरको चिसो हिरासतमा छिन् । लेनदेनको विवादमा मुछिएकी उनलाई ‘पाठ सिकाउने’ मुडमा छन् परिसरका प्रमुख एसएसपी विक्रम सिंह । रेखाले एक जुवाडेमाथि चर्को व्याजदरमा पैसा लगानी गरेको आरोप छ ।

    ‘सिमसिमे पानीमा’ बोलको एउटै गीतबाट चिनिएकी गायिका हुन् रेखा । सोही गीतको अहिलेसम्म ब्याज खाइरहेकी उनी के आज पैसाको ब्याजमा लोभिँदा फस्न पुगेकी हुन् त ? हुन पनि सक्छ र नहुन पनि । तर, यति भन्न सकिन्छ, यो प्रकरण एसएसपी सिंहले दाबी गरेजस्तो ‘स्ट्रेट फरवार्ड’ चाँहि छैन ।

    प्रहरी परिसरमा चर्काचर्की

    केही दिनअघि सीतापाइला बस्ने सुवासराज काफ्लेले रेखा शाहका श्रीमान-श्रीमतीले आफूलाई फोनमा धम्क्याएको भन्दै प्रहरीमा उजुरी दिए ।

    रेखाले आैंला ठड्याएर चेतावनी दिएपछि आगो भएका एसएसपी सिंहले ‘तिमीहरुलाई पाठ सिकाइदिन्छु’ भन्दै रेखाका श्रीमान-श्रीमती दुबैलाई हिरासतमा राख्न आदेश दिए

    रेखाले आफ्ना छोरा सन्दीपराजलाई चर्को ब्याजदरमा ऋण दिएको र उक्त ऋण तिर्न नसकेर छोरो फरार भएपछि आफूलाई फोन गरेर ‘उठाइदिने’ (अपहरण गर्ने) धम्की दिएको आरोप सन्दीपका पिताले लगाएका छन् ।

    उजुरी आएपछि प्रहरीले तुरुन्तै रेखाका श्रीमान-श्रीमतीलाई उजुरीको विषयमा छलफलका लागि भनेर प्रहरी कार्यालयमा डाक्यो । आइतबार दिउँसो २ बजेतिर उनीहरु पुगे प्रहरी परिसरमा, जहाँ रेखाले परिसरका प्रमुख सिंहसित चर्काचर्की कुरा गरिन् । ‘कानून मैले पनि पढेकी छु’ भन्दै रेखाले आफूलाई फसाउने प्रयास नगर्न सिंहलाई चोर औंला ठड्याएर चेतावनी दिएकी थिइन् ।

    ‘दुवै पक्षबीच तँतँ र ममकै तहमा ओर्लेर झगडा भयो,’ स्रोत भन्छ ।

    रेखाले आैंला ठड्याएर चेतावनी दिएपछि आगो भएका एसएसपी सिंहले ‘तिमीहरुलाई पाठ सिकाइदिन्छु’ भन्दै रेखाका श्रीमान-श्रीमती दुबैलाई हिरासतमा राख्न आदेश दिए ।

    अपहरणको धम्की दिएको भन्दै सार्वजनिक अपराधमा मुद्दा दायर गरिएका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले ६ दिन म्याद थपेको छ । प्रहरीले पटक-पटक भाटभटेनीस्थित उनीहरुको निवासमा खानतलासी गरी कागजात बरामद गरेको छ ।

    ४ चेक र एक तमसुक

    रेखाको घरबाट प्रहरीले तीनवटा चेक र एउटा तमसुक बरामद गरेको छ । यसैका आधारमा उनले सन्दीपलाई मिटर ब्याज (ट्याक्सीको मिटर झैं घुम्ने महंगो ब्याजदर) मा ऋण दिएको अड्कल काटेको छ ।

    गत वैशाखयता विभिन्न मितिमा जारी गरिएका चेक तथा तमसुकको जम्मा रकम ७३ लाख देखिन्छ । पहिलोपटक ३ लाख रुपैयाँको चेक वैशाखमा काटिएको छ । त्यसपछि क्रमशः जेठ १५ मा ३० लाखको, असार ९ गते फेरि ३० लाखको र पुस ८ गते १० लाख ७८ हजारको चेक काटिएको एसएसपी सिंहले जानकारी दिए । यही बीचमा भाद्र २० गते सन्दीपले रेखालाई दिनुपर्ने भनेर दुई पक्षबीच ७३ लाखको कागज भएको छ ।

    प्रहरीका अनुसार पहिलो तीनवटा चेक सिभिल बैंकका हुन्, जुन, साट्ने प्रयास नै गरिएको छैन भने पुसमा काटिएको अन्तिम चेक एनएमबी बैंकको हो, जुन बाउन्स भएको छ । चेक काटिएका दुवै बैंक खातामा एक रुपैयाँ पनि छैन ।

    ठग्ने सन्दीप, थुनिने रेखा

    नाङ्गो आँखाले हेर्दा यस प्रकरणमा रेखा पीडित र सन्दीप काफ्ले पीडक पक्ष देखिन्छन् । सन्दीपले रेखालाई ७३ लाख रुपैयाँ दिनु छ भन्ने कुरा तमसुकबाट पनि पुष्टि हुन्छ र काटिएका चेकबाट पनि । तर, उनले जिरो ब्यालेन्स भएको खाताको चेक रेखालाई दिए । पैसा नभएको चेक कसैलाई दिनु कानूनतः दण्डनीय हुन्छ । तर, उल्टै थुनामा छिन् रेखा । किन त ?

    रेखाका परिवारजन भने सन्दीपलाई खोज्न प्रहरीले कुनै प्रयास नगरेको आरोप लगाउँछन् । सन्दीपका बाबु सुवाससित एसएसपी सिंहको पूर्वचिनजान रहेको दाबीसमेत उनीहरुले गरेका छन्

    रेखाका वकिल सुरेन्द्र कोइराला एसएसपी सिंहले रेखाले आफूसित ठाडो कुरा गरेको भनेर व्यक्तिगत रिसइबी साँधेको आरोप लगाउँछन् । उनले अनलाइनखबरसित भने, ‘पैसा ठग्नेलाई चैं पक्राउ नगरी ठगिनेलाई हिरासतमा राख्नु प्रहरीको पूर्वाग्रह मात्रै होइन, ज्यादती पनि हो ।’
    स्रोतका अनुसार सन्दीपको परिवार ७३ लाख रुपैयाँ तिर्न नसक्ने हैसियतको होइन । उनका बुवा सुवास हाइड्रोपावर र हाउजिङ व्यवसाय चलाउँछन् । सन्दीप उनका एक्ला छोरा हुन् ।

    प्रहरी प्रमुख सिंहले दुई महिनादेखि ‘फरार रहेका’ सन्दीपलाई प्रहरीले खोजिरहेको दाबी गरे । ‘उनलाई पनि उन्मुक्ति दिइने छैन, हामी खोजिरहेका छौं,’ सिंहले भने ।

    यद्यपि रेखाका परिवारजन भने सन्दीपलाई खोज्न प्रहरीले कुनै प्रयास नगरेको आरोप लगाउँछन् । सन्दीपका बाबु सुवाससित एसएसपी सिंहको पूर्वचिनजान रहेको दाबीसमेत उनीहरुले गरेका छन् ।

    लेनदेनबारे आ-आफ्ना दाबी

    सन्दीपले रेखालाई ७३ लाखको चेक दिनुले उनीहरुबीच आर्थिक लेनदेन रहेको थप प्रमाणित हुन्छ । तर, त्यो कस्तो प्रकारको लेनदेन हो भन्ने निक्र्यौल हुन सकेको छैन ।

    प्रहरीको आरोप के छ भने रेखाले सन्दीपलाई जुवा खेल्नका लागि महंगो ब्याजमा निश्चित रकम ऋण दिएकी थिइन् । त्यसको ब्याजसहित भुक्तानी गर्ने क्रममा सन्दीपले चेकहरु दिएका हुन् । एसएसपी सिंह भन्छन्, ‘सन्दीपका बुबाले नै आफ्नो छोरा जुवाडे भएको र क्यासिनोमा जुवा खेल्नकै लागि पैसा लिएको बताएका छन् । योभन्दा बलियो आधार के हुन्छ ?’

    रेखामाथि उठ्ने दोस्रो प्रश्न हो उनले तीनवटा चेकहरु पाउँदासम्म किन साट्न गइनन् र चौंथो चेक बाउन्स भएपछि किन प्रहरीको ढोका ढक्ढक्याइनन् ?

    एसएसपी सिंहले रेखाको सम्पत्तिको स्रोतका विषयमा पनि प्रश्न उठाएका छन् । ‘उनीहरु श्रीमान-श्रीमती दुबैको आम्दानीको ठूलो स्रोत देखिँदैन । कहाँबाट त्यत्रो पैसा ल्याएर रेखाले सन्दीपलाई दिएकी हुन् त ?’ उनले यो मुद्दा सम्पत्ति सुद्धीकरणमा पनि पुग्न सक्ने संकेत गरे ।

    परिवारको भनाइ यसमा फरक छ । रेखाका भाइ सञ्जय शाहले घर किन्नका लागि बैनास्वरुप रेखाले सन्दीपलाई ७३ लाख रुपैयाँ दिएको बताउँछन् । सञ्जयका अनुसार सन्दीपले मध्यस्थका रुपमा रेखालाई चुनदेवीको एउटा घर एक करोड ७५ लाखमा बेचाउन उक्त रकम बैनास्वरुप लिएका थिए । तर, सो घर बेचाउन नसकेपछि रकम फिर्ता गर्ने क्रममा ती चेकहरु दिएको उनको भनाइ छ ।

    रेखाका वकिल कोइरालाका अनुसार रेखा दम्पत्तिले करिब डेढ वर्ष अगाडि चण्डोलमा रहेको घर तीन करोड १० लाखमा बेचेका थिए । र, अर्को घर किन्न खोजिरहेका थिए । त्यही पैसाबाट ७३ लाख रुपैयाँ सन्दीपलाई बैनास्वरुप दिएको उनले जानकारी दिए । उनले चेकमार्फत सो रकम दिएको र रेखासित रहेको त्यसको अधकट्टी प्रहरीले बरामद गरेको बताए ।

    रेखामाथि उब्जेका प्रश्न

    रेखा र सन्दीपको चिनजान लामो होइन । एक वर्षभन्दा छोटो चिनजानीमा उनीहरु पारिवारिकरुपमै नजिक बन्न पुगेका थिए । सन्दीपको सीतापाइलास्थित घरमा रेखाको आउजाउ थियो । सन्दीपका बुवाले पनि उनलाई राम्रै मान्थे ।

    सुवासले प्रहरीमा जाहेरी दिएको अघिल्लो दिन पनि रेखा उनको घरमा पुगेकी थिइन् र पैसाको विषयमा छलफल गरेकी थिइन् । त्यतिबेला आइतबारसम्म पैसा दिन सहमति गरेका सन्दीपले पैसा दिनुको साटो जाहेरी दिन पुगेको सञ्जयको भनाइ छ ।

    रेखाले सन्दीपलाई ७३ लाख दिँदा कुनै कागज गरेको देखिँदैन । तेस्रो पक्षको ग्यारेन्टी र भरपर्दो कागजबिनै यति ठूलो रकम रेखाले किन दिइन् त भन्ने प्रश्न उब्जिन्छ ।

    रकम दिँदा कुनै कागज नगर्नुले महङ्गो व्याजदरमा ऋण दिएको प्रहरी दाबीलाई बल पुग्छ । रेखाका भाइ सञ्जय भने विश्वासका आधारमा उनले यो रकम दिएको बताउँछन् ।

    रेखामाथि उठ्ने दोस्रो प्रश्न हो उनले तीनवटा चेकहरु पाउँदासम्म किन साट्न गइनन् र चौंथो चेक बाउन्स भएपछि किन प्रहरीको ढोका ढक्ढक्याइनन् ? यसमा वकिल कोइरालाको भनाइ के छ भने रेखालाई तीनवटै ‘ब्याक डेट’को चेक दिइएको थियो, त्यसैले उनी साट्न नगएकी हुन् । चौथो चेक साट्न जाँदा बाउन्स भएपछि तत्कालै उनले सन्दीपलाई कागज गर्न लगाएको कोइराला बताउँछन् ।

    प्रहरीमाथि उठेका प्रश्न

    SSP Vikram Thapa (6)रेखाका परिवार र निकटस्थहरुको भनाइ सुन्दा प्रहरीको भूमिका कतै एकतर्फी र अतिरञ्जित त छैन भन्ने आशंका उब्जिन्छ । रेखाले घर किन्नका लागि पैसा दिइन् कि जुवा खेल्न भन्ने प्रहरी अनुसन्धानबाट निक्र्योल हुने नै छ । अहिलेलाई मानौं, प्रहरीले भनेझैं जुवा खेल्नकै लागि पैसा दिएकी हुन् । तर, यहाँ जुवा खेल्ने व्यक्ति दोषी हुन्छ कि पैसा दिने ? ऋण लिनेले कुन प्रयोजनमा पैसा खर्च गर्छ भन्नेमा ऋण दिने व्यक्ति कति जिम्मेवार हुने ?

    नेपालको कानून अनुसार कसैको बाध्यतालाई शोषण गर्दै कसैले ऋण दिँदा चलनचल्तीभन्दा उत्पात्तै महंगो व्याज असुल्छ भने त्यसमा प्रहरीले आँखा चिम्लिन मिल्दैन । तर, रेखाको हकमा भने वाध्यताको शोषण भएको देखिँदैन ।

    प्रहरीकै भनाइ मान्ने हो भने सन्दीपले जुवामा उडाउनका लागि महंगो ब्याजमा ऋण लिएका हुन् । तर, यसमा रेखालाई कति दोषी मान्ने ? खल्तीमा पैसा छ र कसैले अस्वभाविक बढी ब्याज दिन्छ भने जोकोही पनि ऋण दिन तयार हुन्छन् । के सबैलाई जेल हाल्न सम्भव छ ?
    प्रहरी परिसरका प्रमुख सिंह पछिल्लो समय महंगोमा ब्याज लगाएर पैसा कमाउने धन्दा नै चलेको बताउँछन् । रेखा पनि यस्तै धन्दामा संलग्न छिन् कि भन्ने उनको आशंका छ ।

    ‘संगठितरुपमै यस्तो काम गर्ने प्रवृत्ति राजधानीमा फस्टाएको छ,’ सिंह भन्छन्, ‘अन्य कलाकारहरु पनि मिटरब्याजी हुन सक्छन् । यस्तालाई हामी छाड्दैनौं ।’ तर, रेखालाई ‘प्रोफेसनल मिटरब्याजी’ सावित गर्ने आधारहरु भने उनीसित छैनन् ।

    प्रहरीले रेखासँगै उनका श्रीमान इन्द्रलाई पनि थुनेको छ । जबकि दुई पक्षको लेनदेनमा इन्द्रको कुनै संलग्नता देखिँदैन । एसएसपी सिंहले धम्क्याउने कार्यमा इन्द्र पनि संलग्न देखिएकाले पक्राउ गरेको बताए ।

    रेखाका वकिल कोइराला सन्दीपले पैसा नदिएर भागेपछि उनका बाबुलाई दबाव दिनु स्वभाविक भएको बताउँछन् । ठाडो भाषामा कुरा गरे पनि अपहरणको धम्की भने नदिएको उनको जिकिर छ ।

    को हुन् रेखा र इन्द्र ?

    सिमसिमे पानीमा बोलको गीतबाट नेपाली संगीतप्रेमीबीच चिनिइन् रेखा शाह । त्यसअघि उनले के गाएकी थिइन् र त्यसपछि के गाइन् कमैलाई थाहा छ । बीचमा एकपटक सिमसिमेकै रिमिक्स गाएर चर्चामा आउने प्रयास गरिन् ।

    रेखाका बुबाको गत वैशाखमा आएको भूकम्पमा परी निधन भएको थियो । धादिङमा रहेको घर भत्किँदा उनी पुरिएका थिए । परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भए

    पछिल्लो समयमा उनको सांगीतिक करिअर खासै माथि उठ्न सकेको छैन । उनले निकालेका गीति एल्बमहरु त्यति चलेनन् । यद्यपि, उनी छानेर मात्रै गीत गाउने चुजी गायिका मानिन्छन् ।

    धादिङको सामान्य परिवारकी छोरी हुन् रेखा । करिब २० वर्षअघि रेखा र इन्द्रको प्रेम विवाह भएको थियो । ३९ वर्षीया रेखाभन्दा २२ वर्ष जेठा हुन् इन्द्र । इन्द्रले रेखालाई दोस्री श्रीमतीका रुपमा भि्त्रयाएका थिए । उनीहरुका एक १६ वर्षीय छोरा छन् । चण्डोलमा रहेको घर बिक्री गरेपछि उनीहरु भाटभटेनीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् ।

    इन्द्रका दाजु भरत गुरुङ पञ्चायतकालमा राजा वीरेन्द्रका भाइ धीरेन्द्रका एडीसी थिए । इन्द्र भने राजनीति र संगीत क्षेत्रमा संलग्न रहे र केही समय म्यानपावर पनि चलाए । ०६२ सालतिर म्यानपावर बेचेपछि उनले खासै व्यवसाय गरेका छैनन् ।

    हाल त्रिभुवन विश्वविद्यालयमा स्नात्तकोत्तर पढ्दै गरेकी रेखा मुटु र डिप्रेसनकी रोगी हुन् । भाइ सञ्जयका अनुसार उनले १५-१६ वर्षको उमेरदेखि नै औषधि खाइरहेकी छिन् । अहिले पनि नियमितरुपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी छिन् ।

    ठूलो तनाव वा आपत विपतको अवस्थामा उनको मुटुको चाल बिगि्रने गरेको सञ्जय बताउँछन् । उनको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराइएपछि जिल्ला अदालतले उनलाई अस्पताल लैजान आदेश दिए पनि प्रहरीले लगेको छैन । रेखाका श्रीमान इन्द्रको मृगौलाको समस्या छ ।

    रेखाका बुबाको गत वैशाखमा आएको भूकम्पमा परी निधन भएको थियो । धादिङमा रहेको घर भत्किँदा उनी पुरिएका थिए । परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भए । घरविहीन आमा अझै पनि पालमा बस्छिन् । भाइ सञ्जय स्वास्थ्यकर्मी हुन् ।

    छोराको कारणले मलाई टर्चरः सुवास

    सन्दीप एक आवारा र जुवाडे भएको उनकै बाबु सुवासराज बताउँछन् । उनले धेरै व्यक्तिहरुसित पैसा ठगेको सुवासको भनाइ छ । ३४ वर्षीय सन्दीपको विवाह भए पनि श्रीमतीले छाडेर हिँडेकी थिइन् । उनले खासै पढेका पनि छैनन् । ‘मेरो छोरो दुनियाँलाई ठग्दै हिँड्छ र त्यसको अपजस मैले बोक्नुपर्छ,’ सुवासले अनलाइनखबरसित भने ।

    रेखासित छोराको लेनदेनका विषयमा आफूलाई जानकारी नभएको सुवास बताउँछन् । ‘उसले कहिले, किन र कति पैसा लियो भन्ने मलाई थाहा छैन । तर, उनीहरु मेरो चिनजानमा आएपछि पैसाको कुरा निस्कियो । यस विषयमा मैले छोरालाई एकचोटि सोधेको हुँ । तपाईंलाई के मतलब भन्ने हिसाबले कुरा गर्‍यो,’ उनले भने ।

    एकाध महिनाअघि छोराले घर छाडेर हिँडेपछि आफूलाई रेखाका दम्पत्तिले पैसाका लागि ताकेता सुरु गरेको सुवासको भनाइ छ । उनले भने-‘मैले भनेँ, यो कुरा सन्दीप आएपछि उसैसित बसेर गर । तर, उनीहरुले दवाब बढाउँदै गए । हुँदाहुँदा फोनबाट ‘पैसा नतिरे जे पनि गरिदिन्छौं’ भन्नेखालका धम्कीहरु दिए । त्यही भएर प्रहरीको शरणमा गएको हुँ । मेरो भनाइ यति मात्रै हो, छोरोले गरेको गल्तीको मलाई टर्चर नहोस् ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.