×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राजेन्द्र महतोको सद्भावनाले किन गर्‍यो छुट्टै आन्दोलनको घोषणा?

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टिप्पणी

    फाइल तस्विरः


    मधेसी मोर्चाको एउटा घटक राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीले आजदेखि छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

    मोर्चामै रहेको सद्भावनाले किन छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्‍यो?

    सो पार्टीद्वारा राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा पनि पार्टीको सहभागिता रहने जानकारी दिइयो। तर, सद्भावनाले मोर्चाका अन्य घटकसँग सल्लाह पनि नगरी घोषणा गरेको आन्दोलनका कार्यक्रमले धेरै प्रश्न जन्माएको छ।

    चार महिनादेखि मोर्चामा बसेर सँगै आन्दोलन गर्दै आएको सद्भावनाले एकाएक किन यस्तो निर्णय लियो?

    यसमा तीन प्रमुख कारण छन्।

    पहिलो र तत्कालिन कारण भनेको विराटनगर घटना नै हो।

    भारतले वीरगन्ज बाहेकका नाकाबाट नेपालले माग भएजति तेल दिन थालेपछि आन्दोलनको प्रभावकारितामा प्रश्न उठ्न थालेको थियो। महतोले वीरगन्जबाहेकका नाकामा पनि मोर्चाले धर्ना दिएर आपूर्तिमा अवरोध पुर्‍याउनु पर्ने प्रस्ताव राखे। मोर्चाले मानेन।

    त्यसपछि, महतो आफैं पुस १२ गते विराटनगर नाकामा धर्ना दिन पुगे। सुरक्षाकर्मीले हस्तक्षेप गरेर उनी लगायत सद्भावनाका कार्यकर्तालाई तुरून्तै नाकाबाट हटायो। प्रहरीको हस्तक्षेपमा महतोको टाउकोमा चोट लाग्यो।

    घाइते भएपछी उनी पहिले विराटनगरको स्थानीय अस्पताल र त्यसपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेमोरियल अस्पतालमा भर्ना भए। मोर्चाका अन्य घटकका प्रमुख नेताहरू महतोलाई भेट्न अस्पतालसम्म गएनन्। उल्टो मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सस्तो लोकप्रियताका लागि महतोले काम गरेको आरोप लगाए।

    ‘मोर्चाले महतोमाथिको आक्रमणको कडा प्रतिवादसम्म गरेन,’ सद्भावनाका एक नेताले भने,‘त्यसका बिरुद्द बिरोध कार्यक्रमको त कुरै छोडौं।’

    सद्भावना र मोर्चाबीचको मतभेद अहिले सतहमा आएको भएपनि यो मतभेद भने सुरू देखिकै हो। अहिले सद्भावनाको छुट्टै आन्दोलनको दोस्रो कारण त्यही मतभेदको निरन्तरता हो। आन्दोलन मोर्चाका घटक भित्र यो आन्दोलनलाई लिएर सुरू देखिनै सबैभन्दा चर्को महतो नै थिए। उनको पार्टीले संविधान सभानै छोडेर आन्दोलनमा होमिएको घोषणा गरेको थियो। अरू पार्टीले संविधानसभा संविधानसभा नछोडेर सत्ता प्रति आशक्ति देखाएको आरोप सम्म सद्भावनाका नेताहरुले लगाए। प्रधानमन्त्रीको चुनावलाई निहुँ बनाएर सद्भावना पनि संसदमा फर्केको छ।

    संविधानसभामा एकजना मात्र निर्वाचित सभासद रहेका महतोलाई आफ्नो जनाधार उकास्न पनि आन्दोलन चाहिएको थियो। धनुषा-४ बाट निर्वाचित सद्भावनाका एकमात्र सभासद संजय शाह फौजदारी मुद्दामा थुनामा परेपछि निलम्वित भैसकेका छन्।

    तेस्रो कारण, यो आन्दोलनमा सबै भन्दा पहिले आफू हाम फालेकोले यसको सबै भन्दा ठूलो जस आफूले नै पाउनु पर्ने सद्भावनाको जिकिर छ। मधेसी मोर्चाको आन्दोलन जुन मोडमा आइपुगेको छ, अव जस-अपजसको राजनीति सुरू हुने पक्का छ। सद्भावनाको छुट्टै आन्दोलनको अर्थ यहिनेर निहित छ।

    संसदमा छलफल जारी रहेको संविधान संसोधन विधेयक पारित भएपछि कम्तिमा अहिलेको आन्दोलनको स्वरूप बदल्नु पर्ने दवाबमा छ मधेसी मोर्चा। संसदमा जारी रहेको संविधान संसोधनको सैदान्तिक छलफल सम्भवत: आज सकिन्छ। छलफलमा भाग लिन नाम टिपाएका सात जना सांसद मात्र बाँकी छन्। छलफल सकिएपछि संशोधन प्रस्ताव हाल्न ७२ घण्टा समय उपलब्ध हुनेछ। यही तीन दिन भित्र मोर्चा र प्रमुख तीन दलबीच संशोधन प्रस्तावको भाषामा सहमति भइसक्नुपर्नेछ।

    तीन प्रमुख दलले संसदमा अहिले पेश भएको संशोधन प्रस्तावको भाषा बाहेक अरू नयाँ संशोधन प्रस्ताव लैजान नसकिने जानकारी मोर्चालाई गराइसकेका छन्। यो संशोधन पारित भैसकेपछि तीन महिना भित्र सीमांकनको सवालमा सहमति खोज्ने ‘रोडम्याप’ मा भारतले पनि सहमति जनाइसकेको छ।

    त्यसैले ‘सीमांकनमा सहमति’ लाई बटमलाईन भन्दै आएको मोर्चा त्यस्तो सहमति बिनै आन्दोलन फिर्ता लिनुपर्ने वा नाकामा धर्नाको कार्यक्रम बदल्नु पर्ने दवाबमा छ।

    त्यो सहमतिमा पुग्नुपर्ने समय सकिँदै जादा महतो थप उपचारका लागि दिल्ली गएका छन्। सम्भवतः उनी यो साता काठमाडौं फर्किने  छैनन्। यही साता प्रमुख दल र मोर्चाबीच सहमति भयो भने त्यसको ‘अपजस’ महतोले भोग्नु पर्ने छैन।

    आजैदेखि छुट्टै आन्दोलन घोषणा गरेको सद्‌भावना पार्टीलाई जनता माझ ‘हामी त आन्दोलनमै थियौं, नेता पनि बाहिर हुनुहुन्थ्यो अरु पार्टीले मधेस बिरोधि सहमति गरे’ भनेर अपजस अरु मधेसी पार्टीहरु माथि थोपर्न सजिलो हुनेछ।

    मोर्चामा चार मधेसी पार्टी संग्लन भएपनि सबैको आ-आफ्नै राजनीति र राजनीतिक आधार छ। अब आउने दिनमा मधेसमा जस-अपजससँगै जनाधारका लागि पनि मधेसी पार्टीबीच प्रतिस्पर्धा हुन्छ।

    सद्भावनाले यी सबै पक्षलाई विचार गरेर आजदेखि छुट्टै विरोधका कार्यक्रम सुरू गरेको हो। मोर्चाले घोषणा गरेको ११ दिने पछिल्लो बिरोधको कार्यक्रम आज सकिदै छ।

    मोर्चाले यही कार्यक्रमलाई निरन्तरता दिन्छ वा नयाँ कार्यक्रम ल्याउँछ यकिन छैन।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.