गाेरखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जसको प्रभावले देशका हिमाली भागमा आंशिक बादल तथा पहाडी र तराईका भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने तथा तराई भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।


