गाेरखा । कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको हाे ।
गुल्मी प्रहरीले उक्त पुल बाढीले बगाएको पुष्टि गरेकाे छ । पुल आज बिहान ६ बजेतिर बाढीले बगाएकाे प्रहरीले जनाएकाे छ ।
पुल बगेपछि स्याङजाकाे मिर्मी र गुल्मीकाे हर्मिचौरबीचको आवतजावत बन्द भएको छ ।


