गाेरखा । ताप्लेजुङमा भीषण आगलागी भएको छ ।
बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट १० वटा घर जलेका छन् ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ ।
करिब ५० घरधुरी सहितको बाक्लो बस्तिमा के कारण आगलागी भयो भन्ने यकिन भएको छैन ।


