गाेरखा । त्रिपुरेश्वरमा हिजाे बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हाे ।
मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा लामाले आगजनी गरेका थिए । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।
घटना हुनुभन्दा केही मिनेट अघि उनले ट्राफिक प्रहरीसँग विवाद भएको खुल्न आएकाे छ ।
मृत्तक मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, सिस्नेरी स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका थिए ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान अघि बढाएको छ ।


