गाेरखा । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालक आफैले बसमा आगनजी गरेका छन् । आगलागीमा परी बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामा गंभिर घाईते भएका छन् ।
प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ । यात्रुहरू नभएको अवस्थामा चालक लामा गाडीभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो । आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो ।
आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।



