गाेरखा । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपपर रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको छ ।
चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जले पुष्टी गरेकाे हाे ।
हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भैरहेको निकुञ्जले जनाएकाे छ । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।
हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्ती रोनाल्डो हात्तीबाट नै गर्भवती हुँदै आएका थिए । रोनाल्डो ३८ वटा छावाको बाबु भएको निकुञ्जले जनाएको छ ।


