गाेरखा । पश्चिम नवलपरासीकाे एक जगलकाे झाँडीमा लुकाएर राखेकाे अवस्थामा ८० लाख बढि मूल्यका मोबाइल पार्टस् बरामद गरिएकाे छ ।
सशस्त्र प्रहरी बलले पश्चिम नवलपराले उक्त मोबाइल पार्टसहरु बरामद गरेको सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरिले शुक्रबार राती करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाँडिमा लुकाई राखेकाे अबैध उक्त सामाग्री बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमाण्डमा गएको टोलिले खोज तलास गर्दा करिब ८० लाख ३० हजार बराबरको मोबाइलका पार्टसहरु बरामद भएकाे सहप्रबक्ता थापाले जानकारी दिए ।
बरामद सामाग्रीहरुमा मोबाईल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पिकर लागायतको सामानहरु रहेका छन् । बरामद सामान आबश्यक कारबाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको पनि थापाले बताए ।


