गाेरखा । काठमाडौँबाट जडिबुटी हुँदै भक्तपुरतर्फ जादै गरेको ट्याङ्करले ठक्कर दिदा माेटरसाइलमा सवार १ जना महिलाकाे मृत्यु भएकाे छ ।
बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिएकाे हाे ।
मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन् ।
ट्याङ्कर चालकलाई निण्न्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


