गाेरखा । देशभर हाल मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानहरुमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले बुलेटिन मार्फत जानकारी गराएकाे छ ।
आजै राति कोशी, बागमती, गण्डकी, कर्णाली तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।


