गाेरखा । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीकाे केन्द्रिय कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
कहाँ अवरुद्ध छन् ?
बागमती प्रदेशअन्तर्गत रसुवामा बाढीका कारण मुख्य राजमार्गको सम्पूर्ण सडकखण्ड अवरुद्ध
नुवाकोटमा टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–६ धादिङखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक
विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी
गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा कर्णाली करिडोरसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध


