गाेरखा । लगातारकाे मर्मत पछी पृथ्वी राजमार्गकाे कृण्ण भिरमा आज बिहानैदेखी दुईतर्फी यातायात सञ्चालनमा आएको छ । यही भदौ १४ गते त्रिशुली नदीमा आएकाे बाढीले कृष्णभीरकाे सडक भासिएपछि १८ दिनमा यातायात सञ्चालनमा आएकाे हाे ।
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर असाेज १ गते बिहानबाट दुईतर्फी सडक सञ्चालन ल्याएकाे छ । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।
पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोल्ने काम भएकाे थियाे । नागढुङ्गा–मुग्लिन सडक योजनाका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि ओैपचारीक रुपमा सडक सञ्चालनमा ल्याइएको हो ।
हिजै काम सम्पन्न भएपछी साँझदेखी नै यातायात चल्न थालेकाे भएता पनि ओैपचारिक रुपमा आज बिहानदेखी मात्र यातायात दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएकाे जिल्ला प्रशासन कार्यालय धादिङले जनाएकाे छ ।
यता कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै मुग्लिन बजार नजिकै रहेकाे तुइन खोलाकाे काम रोकेर सवारी आरपार गर्न दिइएकाे छ ।
लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी आवतजावतमा समस्या परेकाे थियाे । यो सडक हुँदै दैनिक १४ हजार सवारी आवतजावत गर्ने गर्दछन् ।



