गाेरखा । भदाैं महिनाकाे अन्तिम दिनमा नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा १ हजार ७०० रुपैयाँले बढेर तोलाकाे ३ लाख १ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ६०० रुपैयाँमा काराेबार भएको थियाे ।



