गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना छ ।



