×
शुक्रबार, भदौ १९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • ४८ मिनेट अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
  • २ घण्टा अघि

भाेलीदेखी ५ दिन बिदा
  • १६ घण्टा अघि

आज बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु (के के छन् हेराैं)
  • १६ घण्टा अघि

सुन ताेलामा १२ सयले घट्याे
  • २३ घण्टा अघि

काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
  • १ दिन अघि

भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे
  • १ दिन अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । पोखराको फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु भएको छ । कारमा सवार अन्य २ जनाको भने जीवितै उद्धार गरिएको छ ।

    आज बिहान करिब ४:५० बजे पोखराको गैरीचौतारा घुम्तीमा भारतीय कार दुर्घटनामा परेको कास्की प्रहरीले जनाएकाे हो । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको थियो ।

    दुर्घटनामा मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीप कुमार यादव रहेका छन् । उनको पहिचान आधार कार्डका आधारमा खुलेको हो । अर्का एक अन्दाजी ४०-४५ वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । चिकित्सकले बिहान ६:२१ बजे उनीहरु दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    यसअघि नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा २ जनालाई सकुशल उद्धार गरिएकाे थियो । उद्धार गरिएका २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको अवस्था मध्यम रहेको छ । उनीहरु दुवै भारत बिहारको रक्सोलका बासिन्दा हुन् । उनीहरु अहिले बोल्न सक्ने अवस्थामा रहेको र जिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट २ जनालाई अचेत अवस्थामा फेला पारेको थियो । बिहान ६:१० बजे सशस्त्र प्रहरी जवान जनक बुढा र देवराज खनालले उनीहरुलाई पानी भित्रबाट निकालेका हुन् । उनीहरुलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषित गरे ।

    दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली पुगेको थियो । उक्त टोलीमा ६ जना गोताखोर र ७ जना विपद् व्यवस्थापन विज्ञ सहभागी थिए ।

    सशस्त्र प्रहरीको टोली बिहान ५:१० बजे घटनास्थल पुगेर उद्धारमा जुटेको थियो । दुर्घटना भएको स्थान सशस्त्र प्रहरीको गणबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ । तालमा खसेको कारलाई बिहान ६:२० बजे क्रेनको सहयोगमा बाहिर निकालिएको छ । अहिले उक्त कारलाई वडा प्रहरी कार्यालय बैदामको हातामा ल्याएर राखिएको छ ।

    लेखकबाट थप:

    • गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
    • भाेलीदेखी ५ दिन बिदा
    • आज बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु (के के छन् हेराैं)

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

    • २. पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह

    • ५. भाेलीदेखी ५ दिन बिदा

    • ६. आज बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु (के के छन् हेराैं)

    • ७. सुन ताेलामा १२ सयले घट्याे

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.