गाेरखा । सरकारले भदौ २२ र २३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
रसुवा बाढीले पुर्याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस र जेनजी सहिद दिवसका अवसरमा भदाै २३ गते दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भदाैं १९ गते शुक्रबार कृण्ण जन्माष्टमी बिदा परेकाे छ भने आइतबार र साेमबार साविककै बिदा छ । याे संगै अब सरकारी कार्यालयहरु भदाैं २४ गते बुधबार मात्र खुल्ने छन् ।
मन्त्री परिषदकाे आज बसेकाे बैठकले विभिन्न ७ निर्णयहरु समेत गरेकाे छ ।



