गाेरखा । रसुवामा फेरि बाढी आएको चर्चापछि रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले एक सूचना जारी गर्दै बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको जानकारी दिएको हो ।
रसुवा क्षेत्रबमा बाढीआउन सक्ने सूचनाका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा कडाइ गरिएको थियो ।
नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौँ जाने तथा उताबाट आउने सवारी साधनहरू केही समय रोकिएका थिए । हाल अवस्था सामान्य भएसँगै प्रहरीले ती सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिएको हो ।
सडक सुचारु भए तापनि वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।



